Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

चेन्चो अर्थात् भुटानी रोनाल्डो

भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेन नेपाली भूमिलाई 'लक्की' ठान्छन्। किनभने उनले पहिलो अन्तर्राष्ट्रिय गोल नेपालविरूद्ध नै गरेका थिए।
सन् २०११ मा पोखरामा नेपालसँग मैत्रीपूर्ण खेल खेल्दा चेन्चोले १६ वर्षका थिए। त्यही खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।  खेल भने नेपाल २–१ ले जितेको थियो।
८ वर्षपछि  उनै चेन्चोकै कप्तानीमा भुटानले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबल फाइनलमा स्थान पक्का गरेको छ। पहिलो पटक सागको फाइनलमा स्थान बनाउँदा २३ वर्षीय चेन्चोले नेपाली भूमीलाई 'लक' को रूपमा लिएका छन्।
'साग इतिहासमा हामीले नेपालमै पहिलो पदक जित्ने पक्का गरेर इतिहास बनाएका छौं, नेपाल मेरा लागि लकजस्तै भएको छ,' चेन्चोले सेतोपाटीसँगको भेटमा भने।
भुटानलाई ऐतिहासिक उपलब्धि दिलाउन नेतृत्व गरेका किसानका छोरा चेन्चोको फुटबल करिअर स्थापित गर्न थुप्रै संघर्षसँग जुध्नुपर्यो।
भुटानको पारोमा जन्मिएका चेन्चो आफ्ना दाजुसँगै तेक्वान्दो सिक्थे। एकदिन जाडोको छुट्टीमा उनी थिम्पु आएका थिए। त्यहिबेला उनले मैदानमा बच्चाहरूले फुटबल खेलिरहेको देखे।  उनले भने- म पनि खेल्छु।
त्यो भुटानले यु–१३ का लागि छनोट गरेको खेल थियो। त्यहाँ राम्रो प्रदर्शन गरेपछि उनी यु–१३ का लागि छनोट भएका थिए।
एकेडेमीमा भर्ना भएपछि उनले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगाजस्ता विदेशी लिग हेर्न थाले। एक दिन म्यानचेस्टर युनाइटेडको खेल हरिरहेको बेला उनको ध्यान ७ नम्बर जर्सी लगाउने क्रिस्टियानो रोनाल्डोमा गयो। 
'क्रिस्टियानो रोनाल्डोलाई देखेपछि म निकै प्रभावित भए, त्यसपछि नै हो मेरो फुटबलप्रतिको लगाव बढेको,'  उनले भने, 'रोनाल्डो गड गिफ्टेड खेलाडी होइनन् कडा परिश्रमी हुन् भन्ने थाहा पाएपछि झन् उनको फ्यान भएँ।'
एकेडेमीमा भर्ना भए पनि भुटानमा फुटबललाई करिअर मानिदैन थियो। किनकी भुटानमा त्यतिबेलासम्म कुनै पनि खेलाडी खेलेरै बाँच्न सक्ने स्थिति थिएन। चेन्चोको बुवाको चाहाना थियो- छोरो सैनिक बनोस्।
१० कक्षा पास गरेपछि उनका बुबाले खेल छाडेर पढाइमा केन्द्रित हुन भने। तर चेन्चो मानेनन् जसरी पनि खेललाई करिअर बनाउने अड्डी कसे।
उमेर समूहको टिममा सहज स्थान बनाएका उनले सन् २०११ मा राष्ट्रिय टिममा डेब्यू गरे। डेब्यू गरेपछि उनलाई भुटानका पहिलो श्रेणीका क्लबले सम्झौताका लागि प्रस्ताव गर्यो। तर उनले याजडिनबाट खेले। उनले सो क्लबबाट २०१४ सम्म खेलेका थिए।
सन् २०१४ मा भुटानले अन्तर्राष्ट्रिय फुटबलमा इतिहास बनायो। २०१८ को विश्वकप छनोटअन्तर्गत पहिलो लिगमा श्रीलंकालाई १–० ले पराजित गरेर भुटानले सनसनी मच्चायो। सो खेलमा चेन्चोले नै निर्णायक गोल गरेका थिए।
दोस्रो लेग पनि २–१ को नतिजासहित भुटान पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा पुग्यो। दोस्रो लेगमा पनि चेन्चोले गोल गरेका थिए। सो जितपछि भुटानको विश्ववरियतामा स्थान मात्र सुधारिएन छवि पनि सुधार भयो।
श्रीलंकाविरुद्ध गोल गरेपछि चेन्चोको सेलिब्रेसनले खुबै चर्चा पायो।
'श्रीलंकाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय खेल जितेको बेला गोल गरेपछि रोनाल्डोको शैलीमा सेलिब्रेसन गरेको थिए। त्यसपछि सबैले भुटनिज रोनाल्डो भन्न थाले,'  चेन्चोले भने।
उनी रोनाल्डोलाई आफ्नो रोलमोडल मान्छन्।
'मैले पनि रोनाल्डोजस्तै परिश्रम गरेर यहाँसम्म आइपुगेको हो। उनको सबै फुट स्टेप फलो गर्छु,'  उनले भने।
श्रीलंकाविरूद्धको जितसँगै चेन्चोको करिअरले पनि गति लिन थाल्यो। उनले सन् २०१५ मा थाइल्यान्डको बुरिराम युनाटेडको एकेडेमीमा एक महिना प्रशिक्षण लिने मौका पाए।
प्रशिक्षण सकिनु अन्तिम दिन उनले बुरिरामका अफिसियललाई एक खेलमा मौका दिन अनुरोध गरे।
'मौका पाएको खेलमा ८० मिनेटमा मैदान छिरेँ। ८५ मिनेटमा गोल गरेर टिमलाई जिताएँ,'  उनले भने।
टिमका लागि निर्णायक गोल गरेपछि आफूले दिएको अन्तर्वार्ता उनले अहिले पनि बिर्सेका छैनन्।
'भुटानको मानिस भनेर सबै होच्चाउँछन्। मेरो सपना व्यावसायिक लिग खेल्ने हो। बी डिभिजनको भए पनि कुनै क्लबमा मौका पाए खेल्छु,' चेन्चोले अन्तर्वार्ताको क्रममा भनेका थिए।
त्यसपछि बुरिरामले चेन्चोसँग एक वर्षको सम्झौता गर्‍यो। तर बुरिरामले लोनमा सुरिन सिटीबाट खेल्न पठायो। सुरिन सिटीमा उनले ११ खेलमा ९ गोल गरे भने ५ एसिस्ट गरे।  त्यो नै चेन्चोको खेल जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो।
त्यसपछि उनले बंगलादेशको चिटगाउँ अबहानीबाट २०१७ को एक सिजन खेले। जहाँ उनले ७ खेलेमा ५ गोल गरे।
सन् २०१७–१८ को सिजनका लागि उनले भारतीय आइ लिग क्लब मिर्नेभा पञ्जावसँग सम्झौता गरे। यो उनको करिअरकै सफल सिजन हो। उनले त्यतिबेला पञ्जावलाई च्याम्पियन बनाउने क्रममा १८ खेलमा ९ गोल गरेका थिए।
पञ्जावबाट खेल्ने क्रममा उनको भेट नेपालका पहिलो रोजाइका गोलकिपर किरण चेमजोङसँग भयो। सिजनको अन्त्यतिर सम्झौता गरेका किरण र चेन्चो रूम पार्टनर बनेका थिए।
'किरण र म दाजुभाइजस्तै लाग्छ। त्यसैले हामीले रूम पनि सेयर गर्‍यौं,' उनी भन्छन्, 'खेल हुने बेला खेलकै कुरा हुन्थ्यो। फुर्सदको समयमा उ नेपालको बारेमा र म भुटानको बारेमा भन्थे।'
चेन्चोको करिअर यतिमै रोकिएन। उनले सन् २०१८ को सिजनका लागि इन्डियन सुपर लिग (आइएसएल) का लागि बेंगलुरूका लागि सम्झौता गरे। भारतका कप्तान सुनील क्षेत्री अनि युरोपका चर्चित खेलाडीसँगै खेल्न पाउँदा उनले आफ्नो सपना पूरा भएको ठाने।
'आएसएलमा धेरै अनुभवी ठूला खेलाडीसँग खेल्न पाउँदा निकै ठूलो उपलब्धि भयो,' उनले भने।
उनले लिगमा ९ खेलमा खेल्न पाए तर २ गोल गर्दै आफ्नो प्रतिभा देखाए। सुनील क्षेत्रीको स्थानमा मैदान छिरेका उनले नर्थइस्ट युनाइटेडविरूद्ध गरेको गोल चर्चित बनेको थियो।
त्यहीँ आइएसलको अनुभवले १३औं सागमा काम गरेको चेन्चेको भनाइ छ।
'आइएसल र आइ लिगबाट निकै अनुभव बटुल्ने मौका पाए, त्यसको फाइदा राष्ट्रिय टिमलाई पुगेको छ, त्यहाँ सिकेका अनुभव राष्ट्रिय टिमका खेलाडीसँग सेयर गरेको छु' उनले भने, 'अर्कोतर्फ भुटानमा पनि अहिले फुटबलरका लागि सुविधा बढेको छ। लिग पनि राम्रो हुँदैछ। प्रतिस्पर्धा पनि बढीरहेको छ। जसले खेलाडीलाई म्याच एक्पोजर र अनुभव दुवै भइरहेको छ।'
हुन त चेन्चोले सन् २०१६ कै सागमा भुटानलाई कम्तिमा सेमिफाइनल पुर्‍याउन चाहेका थिए। तर सागअघि उनी थाइल्यान्डको क्लबबाट खेलिरहेकाले घरेलु टिमका खेलाडीसँग राम्रो तयारी गर्न पाएका थिएनन्।
यसपटक भने उनले सागका लागि भनेरै राम्रो तयारी गरेका छन्। उनी अहिले कुनै पनि क्लबमा आवद्ध छैनन्।
'बेंगलुरूसँग सम्झौता सकिएपछि अरु टिमबाट अफर आएको थियो। तर सागका लागि तयारी गर्न मैले सम्झौता गरिनँ,' उनले भने, 'टिमलाई राम्रो नजिता दिऊँ भनेर राष्ट्रिय टिमका लागि त्याग गरेको हुँ।'
दशरथ रंगशालामा हुने १३औं सागको फाइनलमा नेपाल भन्दा बंगलादेशसँग खेल्न सजिलो हुने उनले बताए।
'नेपालसँग फाइनल भएमा यहाँका दर्शकका लागि राम्रो र खेल प्रतिस्पर्धात्मक हुन्छ। तर बंगलादेशसँग फाइनल भयो भने हामीलाई फाइदा हुन्छ किनभने यहाँका दर्शकले हामीलाई समर्थन गर्ने रहेछन्।'
भुटानका लागि विश्वकप छनोटमा गोल गर्ने इतिहास बनाएका चेन्चो भुटानका बढी अन्तर्राष्ट्रिय गोलकर्ता हुन्। भुटानबाट विदेशी लिग खेलेर इतिहास बनाएका चेन्चो भुटानमा नाम र दाम कमाउने एक्ला खेलाडी हुन्। 
राष्ट्रिय टिमको नेतृत्व र व्यासायिक लिग खेल्ने इच्छा पूरा गरेका उनको अब एउटै इच्छा बाँकी छ। भुटानलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको ट्रफी दिलाउने।
'भुटानलाई सबैले होच्याउने अनुभव गरेको छु,'  उनले भने, 'खेल तालिका सार्वजनिक गर्दा अरू देशले भुटान आफ्नो समूहमा परे ३ अंक पक्का हुन्छ भनेर हामीलाई कमजोर आँक्छन्। यस्तो एटिट्युड मन पर्दैन। यसकै बदला लिन्छु भनेर सोचिरहन्छु।'

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।