Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

२२ वर्षदेखि मिर्गौलाको उपचार गर्दागर्दै डेरामा पुगे काठमाडौंका रैथाने राजु

काठमाडौंको ढल्कुमा रहेको प्रहरी बिट नजिकै एउटा भाडाको फ्ल्याटमा बस्छन्, ५४ वर्षका राजु तुलाधर। श्रीमती र १ छोरी पनि उनीसँग छन्। काठमाडौंको असनका रैथाने तुलाधर कसरी भाडामा बस्ने भए होलान्?
यसका पछाडि पीडाको पहाड छ, रोगको सास्ती छ।
२३ वर्षअगाडि राजुको मिर्गौलाले काम गर्न छोड्यो। भारत गएर उपचारको प्रयास गरे। मिर्गौला प्रत्यारोपणको कोशिस गरे तर सकेनन्। किनकी उनलाई मिल्ने मिर्गौला नै फेला परेन।
मिर्गौला प्रत्यारोपणकै भारतमा भौतरिँदा भौतारिँदै तीन वर्ष बित्यो। तीन वर्षमा कति खर्च भयो उनले हिसाब राख्नै छोडे।
मिर्गौला प्रत्यारोपणको प्रयास असफल भएपछि उनी २०५६ सालमा नेपाल फर्किए। त्यसयता वीर अस्पतालमा निरन्तर डायलासिस गर्दै आएका छन्। 
‘डायलासिस भनेको सुरूमा त बाँच्ने तरिकामात्रै हो। पछि ट्रान्सप्लान्टमै जानुपर्छ,’ तुलाधरले सेतोपाटीसँग भने,‘प्रत्यारोपणका लागि प्रयास त गरेकै हो तर मैले डोनर पाइनँ। दिल्लीमा पैसा सबै सकियो। अनि फर्केर आएँ।’
२३ वर्षदेखि डायलासिस गर्दै आएका तुलाधरलाई अहिले त सामान्यजस्तो लाग्न थालेको छ किनकी यो उनको दैनिकी भइसकेको छ। यद्धपी समय सधैं उस्तै हुँदैन।
'डायलासिस गर्दागर्दै त गाह्रो हुँदैन। तर सधैँ सजिलो हुन्छ भन्ने पनि छैन। बेलाबखत समस्या त आइरहन्छ। बान्ता हुने भइरहन्छ। दुई दिन बाँच्ने तरिका मात्रै हो किनकि तीन दिनपछि फेरि डायलासिस गरिहाल्नुपर्छ,’ तुलाधरले भने, ‘जाडो आयो भने जाडोबाट बच्नुपर्छ नत्र निमोनिया हुन्छ। कहिलेकाहीँ पेट, छाती र मुटुमा पानी भरिन्छ।’
सामान्यत:  सातामा दुई पटकसम्म डायलासिस गर्नुपर्छ। गाह्रो भयो भने तीन पटक  पनि गर्नुपर्छ।
‘डायलासिस धेरै जटिल चिज हो। डायलासिसमा बस्ने कुरै होइन। नपाएपछि अब बाध्यताले पनि बस्नै पर्छ,’ उनले भने।  
डायलासिस गरेपछि मिर्गौलाको लागि कुनै औषधी खान नपरे पनि अरू रोगका भने खानुपर्छ। सुगर भए सुगरको अनि प्रेसर भए प्रेसरको औषधी खानु पर्ने तुलाधरले बताए।
‘डायलासिसले शरीर कमजोर बनाउँछ, शरीरमा रहेको क्याल्सियमदेखि प्रोटिन सबैलाई फ्याँक्दिन्छ,’ उनले भने, ‘खानेकुरामा झोल र फलफुल खानु हुँदैन। पोटासियम र सोडियम बढाउने खाना खानु हुँदैन।’
डायलासिस छोड्नु हुँदैन भने सामान्य खालका खाना खाएर केही हुँदैन। टेबलमा बसेर गर्ने काम गर्न सकिन्छ तर  धेरै गह्रौ काम काम गर्न सकिँदैन।
मिर्गौलाको समस्या आउनुभन्दा पहिला राजुको व्यापार थियो, घर थियो अनि जग्गा जमिन प्रशस्त थियो। गार्मेन्टको व्यापार राम्रै फस्टाएको थियो तर जब उनलाई रोग लाग्यो त्यसपछि व्यापार चौपट भयो, घरखेत सबै बेच्नु पर्यो। अहिले भने उनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यापार गर्छन्। आफू बसेकै घरबाट ‘कन्ट्रयाक्ट’ मा सामान बेच्ने गर्छन्। काममा उनकी श्रीमतीले सहयोग गर्छिन्। उनकी छोरी स्नातकोत्तर पढ्दैछिन्।
उनको मिर्गौला कसरी बिग्रियो? प्रश्न सुनेर उनी केहीबेर गम्भीर बने।
अनि आफ्नो विगत खोतले। उनलाई सुरूमा अरिंगालले टोकेछ। सामान्य उपचार गरेपछि ठीक भयो भन्ने ठानेका थिए तर त्यस्तो भएन। अरिंगालले टोकेको खिलले गर्दा रक्तचाप बढ्यो। भित्रभित्रै बढेको थाहा भएन। जतिबेला थाहा पाए त्यतिबेला मिर्गौलाले काम गर्न छोडिसकेको थियो।
‘सुरूमा अरिंगालले टोकेको थियो। त्यो बेलामा डायलासिस भन्ने थिएन। उपचार गरे औषधी खाएँ त्यतिकै चुप लागेर बसें,’ उनले भने,‘प्रेसर बढेको आफूलाई थाहा भएन। विस्तारै बढ्दै गयो जब अन्तिम अवस्थामा पुग्यो त्यसपछि थाहा भयो। अहिले त अरिगांलले टोक्यो भने त्यसतर्फ पनि ध्यान दिइन्छ।’
चिकित्सकहरूका अनुसार धेरै अरिंगालले एकैचोटी टोकेमा मिर्गौलालाई हानी गर्छ। यस्तो अवस्थामा मिर्गौलाको अस्थायी डायलासिस गरेर निको पार्न सकिन्छ। पहिलादेखि नै मिर्गौलाको समस्या भएकालाई अरिंगालले टोके मिर्गौला एकैचोटी फेल समेत हुनसक्ने चिकित्सकहरूको भनाइ छ।
‘अरिंगालले टोकेको कारणले मिर्गौलालाई हानी गर्छ,’ पाटन अस्पतालका मिर्गौला रोग विशेषज्ञ विमल पाण्डेले सेतोपाटीसँग भने,‘अरिंगालले टोकेमा मिर्गौलालाई असर गर्ने बारेमा नेपालमा अनुसन्धान त भएको छैन तर बाहिर प्रमाणित भने भइसकेको छ।’
मिर्गौला प्रत्यारोपणका लागि धेरै प्रयास गर्दा पनि सफल नभएपछि  राजु २३ वर्ष यता निरन्तर डायलासिस गरिरेहेका छन्। २०५४ देखि अहिलेसम्म यति धेरै खर्च भइसक्यो तर पनि उनले हिम्मत हारेका छैनन्  र हार्ने पनि छैनन्।
‘मैले सम्पत्ति पो गुमाएँ जिन्दगी त पाएको छु नि। कमाइयो खर्च गरियो। अहिलेसम्म बाँचेको छु,’ राजुले भने,‘पैसाले जिन्दगी त फेरि आउँदैन नि। केही पनि नबेचेको भए मरिसकेको हुन्थें होला अनि केही फाइदा भयो त? बाँच्नकै लागि मैले बेचें नि।’
उनलाई पैसा र समस्या परी-परी आउने अनि टरी-टरी जानेजस्तो लाग्छ।
‘चाहियो यताउता काम गर्यो ल्यायो। काम गर्दैछु, पैसा आयो त्यो गइरहन्छ। आफूले चाल पनि पाउँदैन। चुप लागेरै बसेको भए त म उहिल्यै गइसकेको हुन्थें होला,’ उनले भने।
उनी काम पनि गरिरहन्छन अनि डायलासिस पनि। डयालासिस पनि उनका लागि एउटा जागिरजस्तै बनेको छ।
‘डायलासिसलाई एउटा कुनामा राखेर सामान्य जीवन जिउँदै आएको छु। त्योचाहिँ हाम्रो अब जागिरजस्तै भयो। म जानुपर्छ अनि जागिरमा हाजिर हुन जानुपर्छ भनेजस्तै हो। म आज जान्नँ भन्न मिलेन,’ उनले भने।  
मिर्गौला रोगको उपचार पहिलाको तुलनामा अहिले धेरै सहज हुँदै गएको राजुको अनुभव छ।
‘वीरमा पहिला त मान्छे मारामार हुन्थे। डायलासिसका मेसिन पनि थोरै थिए,’ उनले भने, ‘अहिले त धेरै अस्पतालमा डयालासिस सेवा छ। पहिला २ सिफ्टमा मात्रै डायलासिस हुने वीरमा अहिले आवश्यक पर्दा २४ घन्टा हुन्छ।’
२३ वर्षदेखि डायलासिस गरेका राजुलाई एउटा कुरा भने खड्किरहेको छ।
'मैले चाहेर पनि मिर्गौला प्रत्यारोपण गर्न सकिनँ,’ उनले भने।
सामान्यत: जति नजिकको रगतको नाता छ मिर्गौला प्रत्यारोपण त्यति सजिलो हुन्छ। त्योसँगै श्रीमतीका साथै अन्य नजिकका नातेदारको पनि मिर्गौला प्रत्यारोपण गर्न मिल्छ। तर दुर्भाग्य, राजुको हकमा विभिन्न कारणले आफन्तको मिर्गौला मिलेन।
यस्तो अवस्थामा पनि एउटा उपाय भने कानुनले खोलिदिएको छ। त्यो हो, दुर्घटनामा परेर मस्तिष्क मृत्यु भएकाको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। तर नेपालमा यसको व्यवहारिक प्रयोग हुन सकेको छैन।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।