Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

हेलिकप्टर प्रयोग गरेर वन्यजन्तुको तस्करी

मंगलबार (१७ गते) दिउँसो त्रिभुवन विमानस्थलमा एक जना युवतीलाई प्रहरीले पक्राउ गर्‍यो।
पक्राउ पर्ने ‍हुम्लाकी २९ वर्षीया सम्झना बुढा नियमित जहाजमा विमानस्थल आएकी यात्रु थिइनन्। न त उनी हुम्लाबाट नै आएकी थिइन्।
उनी हेलिकप्टरबाट काठमाडौं आएकी थिइन्। सिम्रिक एयरको हेलिकप्टरमा गोरखाबाट काठमाडौं आएकी उनीसँग वन्यजन्तुका छाला र सिङ थिए। उनीसँग भएको सिङ र छाला कुन जनावरका हुन् भन्ने एकिन भइसकेको छैन। तर उनी पक्राउ परेसँगै वन्यजस्तु तस्करीमा नयाँ रूट बनेको रैछ भन्ने पुष्टि भएको छ। 
हेलिकप्टरबाट वन्यजन्तुको अंग र छालामात्र होइन हिमाली क्षेत्रमा पाइने बहुमूल्य धातु तथा जडीबुटीको पनि तस्करी भइरहेको सूचना पाएपछि यसपटक काठमाडौं विमानस्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो।
हेलिकप्टरबाटै यस्ता गैरकानूनी ओसारपसारमा गिरोह नै संलग्न भएको हुनसक्ने प्रहरीको आशंका छ।
नेपालको हेलिकप्टर सेवाले हिमाली क्षेत्रमा विभिन्न सेवा दिए पनि सुरक्षा चुनौती पनि बढ्दै गएको नियामकदेखि प्रहरीसम्मको निष्कर्ष छ।
सामन्यत: उच्च हिमाली क्षेत्रमा हेलिकप्टर पर्यटकको उद्धार, माउन्टेन फ्लाइट तथा बिरामी बोक्न हुने गरेको भए पनि पछिल्ला दिनमा स्वेच्छाचारिता बढ्दै गएको छ। काठमाडौंबाट उडेपछि कतै पनि जाँच नहुने भएकाले  कतिपय हेलिकप्टर अवैधानिक गतिविधिमा संलग्न हुन थालेका आशंका गरिएको छ। हेलिकप्टरबाट कानूनले बर्जित गरेका काम हुने जोखिम बढ्दै गएको विमानस्थलका अधिकारीले बताए।
‘हेलिकप्टर उडानमा केही समस्या देखिएका छन्। व्यवहारिक समस्या धेरै छन्। हामीले कडाइ भने गर्दै लगेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने। उनले पछिल्लो समय अपरेटर धेरै हुँदा काठमाडौंबाट अनुमति दिन छाडिएको बताए।
पहिले थोरै हेलिकप्टर थिए। जसको जाँच प्रहरीले पनि सहजै गर्थ्यो। तर पछिल्लो समय त्यस्तो छैन। काठमाडौं विमानस्थल बाहिर जानेबित्तिकै हेलिकप्टर नियमनभन्दा बाहिर जान्छन्।
बारीका पाटामा पनि अवतरण गर्न सकिने भएकाले प्रहरी तथा प्रशासनले यसको निगरानी गर्न नसक्ने अवस्था छ।
काठमाडौं आउँदा पनि कहिले काभ्रे वा धादिङ जहाँ पनि अवतरण गरेर सेटल गर्न सक्छन्।
बिरामी ल्याउने हेलिकप्टर अस्पतालकै छतमा अवतरण गर्छन्। जहाँ आउने ठाउँमा पनि चेक हुँदैन भने काठमाडौंमा पनि सजिलै उम्किन सक्छन्।
यस्तोमा नियमन चुनौतीपूर्ण भएको पोखरेलको भनाइ छ।
‘हेलिकप्टर सेवाको प्रकृति नै त्यस्तो हो कि जहाँ पनि अवतरण गर्न सकिन्छ। सकेसम्म सम्बन्धित जिल्लाको प्रहरी प्रशासनसँगको अनुमति तथा समन्वयमा उडान गर्नुपर्ने भन्ने नियम छ। तर कहिलेकाहीँ यस्तो हुन्छ कि बिरामी सिकिस्त हुन्छ। त्यस्तोबेला काठमाडौंमा ल्याउनु पर्ने हुन्छ। बिरामी भएको ठाउँमा प्रहरी पुग्न १/२ घन्टा लाग्ने पनि हुन्छ। त्यस्तोमा कडाइ गर्न सकिँदैन,’ पोखरेलले भने।
सगरमाथा क्षेत्रमा विकृति धेरै 
सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान नियमबाहिर गएर हुने गरेको छ। सोलुखुम्बुको विभिन्न क्षेत्रलाई आधार बनाएर हेलिकप्टरले यात्रु तथा सामान ओसारपसार गरिरहेको भए पनि सुरक्षा सतर्कतालाई बेवास्ता गर्ने गरिएको नागरिक उड्डयन प्राधिकरणकै कर्मचारीहरूको भनाइ छ।
सुरक्षा जाँचबिना मान्छे तथा सामान ओसारपसारमात्र होइन गम्भीर समस्या आएका हेलिकप्टरसमेत आफूखुसी उड्ने गरेका सगरमाथा क्षेत्रमा कार्यरत एक कर्मचारीले बताए।
बिनासुरक्षा जथाभाबी यसरी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै जिल्लाको प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्र उडान गर्ने निर्णय पनि गरेको छ। तर त्यो अझै लागू भएको छैन। यतिसम्म कि हेलिकप्टरले तोकिएकोभन्दा बढी उचाइमा उडान गर्ने गरेको पाइएको छ।
सगरमाथा क्षेत्रबाट निरन्तर गुनासो आएपछि आफूहरुले छानबिन गरे पनि तथ्य र प्रमाण नपाएपछि कारबाहीअघि नढाएको पोखरेलले जानकारी दिए।
सगरमाथामात्र होइन तिब्बतसँगको सीमा क्षेत्रसम्मै उडान गरिदिने गरेको सूचना आएपछि प्राधिकरणले सम्बन्धित हेलिकप्टर कम्पनीलाई सचेत गराएको छ।
‘प्राधिकरणले आफ्नोतर्फबाट निगरानी पनि गरिरहनेछ,’ पोखरेलले भने।
हेलिकप्टरमा समस्यैसमस्या 
विमान निर्माता एयरबसले नेपालमा हेलिकप्टर सञ्चालन सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको बताएको थियो। गत असोजमा सकिएको एयरबसको टोलीले नेपाली हेलिकप्टर अपरेटरको सुरक्षा अध्ययनपछि उक्त निष्कर्ष निकालेको हो।
अपरेशन, इन्जिनियरिङ, इन्भेष्टमेन्टजस्ता क्षेत्रमा नेपाली अपरेटरका कमजोरी रहेको एयरबसको भनाइ छ। सानो बजारमा धेरै अपरेटर भएपछि अस्वस्थ प्रतिस्पर्धा बढेको एयरबसको निष्कर्ष छ।
नाफाका लागि व्यवस्थापनले जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने हुनाले उड्डयन सुरक्षामा असर गरेको एयरबसको अध्ययनले देखाएको थियो।
अहिले नेपालमा १० हेलिकप्टर कम्पनी छन्। तीमध्ये ९ अहिलेले अहिले पनि सेवा सञ्चालन गरिरहेका छन्।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।