Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

कोहलपुरमा प्रहरीको गोली लागेर दुई विद्यार्थी घाइते,

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको छ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए।
उनका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
'हेलिकप्टर फर्किएर आएर थप दुई जनालाई पनि काठमाडौं लैजाने तयारी छ,' उपाध्यायले भने।
आइताबार दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएपछि कोहलपुरको अवस्था शान्त भएको उनले बताए।
बिहान १० बजेदेखि दिउँसो तीनबजेसम्म भएको झडपमा परी झन्डै ४० जना घाइते भएका थिए।
कोहलपुरका  प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १ दर्जन प्रहरी र २६ जना प्रदर्शनकारी घाइते भएका छन्।
'झन्डै ४० जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,' उपाध्यायले भने।
घाइते भएकाहरूमध्ये प्रहरीलाई ढुंगामुढाबाट चोट लागेको छ भने प्रदर्शनकारीलाई रबरको गोली पनि लागेको छ।
कोहलपुरमा भएको के थियो
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रकृति चन्द।
सधैँझै आइतबार बिहानै उनका बुवा भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्‍याए।
१० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि  प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे।
कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रकृतिलाई ठक्कर दियो।
उनका कलिला खुट्टा ट्रकका चक्काले कुच्चिए।  जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रकृति चिच्चाइन्, छटपटाइन्।
 आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आक्रोशित बने। ट्रकमा ढुङ्गा हान्न थाले, चालकलाई लखेटे।
त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो। प्रहरीले संयमता अपनाएन उल्टै विद्यार्थीलाई कुट्न थाल्यो। ।
जसलाई भेट्यो उसैलाई प्रहरीले कुटेपछि विद्यार्थी स्कुलभित्र पसे। प्रहरीले पछ्यायो।  
शिक्षकले प्रहरीलाई विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीलाई नकुट्न आग्रह गरे।
प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत तानेर लग्यो। शिक्षक ऋषि देवकोटाका अनुसार ८ देखि १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ पछि लगेर थुनेको छ। 
प्रहरीले अन्य केही शिक्षक र विद्यार्थीलाई पनि विद्यालयहाता भित्रै प्रवेश गरेर दुर्व्यवहार गरेको देवकोटाले सेतोपाटीलाई बताए।
साथी र शिक्षकमाथि प्रहरीको व्यवहार देखेर विद्यार्थी झनै एकाएक आक्रोशित बने।
विद्यालयमा झन्डै २ हजार ५ सय विद्यार्थी छन्। ती सबै एकैसाथ सडकमा निस्किएर नाराबाजी गर्दै प्रहरीमाथि जाईलागे।
ठीक त्यही समयमा बिहान कक्षा हुने प्लस टुका विद्यार्थीको पनि छुट्टी भयो। उनीहरू पनि प्रदर्शनमा मिसिए।  
प्रहरीलाई उनीहरूले ढुङ्गा हान्दै लखेटे। प्रहरीले पनि ढुंगा फर्कायो।
स्कुले बालबालिकालाई ढुङ्गा नहान्न आग्रह गर्दा प्रहरीले नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई लाठी प्रहार गर्‍यो।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई पनि कुटपिट गर्‍यो। झन्डै तीन हजार विद्यार्थी र स्थानीयका अघि प्रहरीको जोर चलेन।  
आक्रोसित विद्यार्थीले बजार बन्द गराउन थाले। यातायात बन्द गराए। ट्रकका आगजनी गरे।
आक्रोशित विद्यार्थीले प्रहरीलाई लखेटन् छोडेनन्। प्रहरी ब्याक हुँदै काहेलपुरस्थित आफ्नो कार्यालयसम्म पुग्यो।
त्यहीँ पुगेर पनि विद्यार्थीले ढुंगामुढा गरे। प्रहरीको क्यान्टिनमा आगजनी गरे। त्यसक्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फायर गर्‍यो। त्यतिकै संख्यामा अश्रुग्यास हान्यो।
त्यसबाट ३ विद्यार्थीलाई रवरको गोली लाग्यो। शिक्षक ऋषि देवकोटाका अनुसार एकजना विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा रबरको गोली लागेको छ।
प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक पनि घाइते भएका छन्। सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पुर्‍याएको छ।
झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घाइते भएका छन्। घाइते हुने प्रहरीमा अमर खड्का, रवीन्द्र शर्मा, होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रसाद आचार्य, खुमबहादुर बिष्ट र धनबहादुर बिक छन्। उनीहरू सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
शिक्षक देवकोटाका अनुसार प्रहरीले अनावश्यक बल प्रयोग गर्न खोज्दा र संयमता नअपनाउँदा कोहलपुर तनावग्रस्त गरेको दाबी गरे।
कोहलपुरका पत्रकार चेतकान्त भट्टराईले पनि दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीलाई सम्झाइबुझाइ शान्त पार्न प्रयास गर्नुको साटो अनावश्यक बल प्रयोग गर्दा एकाएक कोहलपुर अशान्त बन्न पुगेको बताए।
‘विद्यालयभित्र गएर विद्यार्थी र शिक्षकलाई तानेर ल्याउँदा विद्यार्थी आक्रोशित भएका हुन,’ पत्रकार भट्टराईले भने ‘ सबै बिगारेकै प्रहरीले हो। प्रहरीले आगो निभाउन छोडेर त्यसमा पेट्रोल हाल्ने गल्ती गर्‍यो।’
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने प्रहरीले सम्झाउनभन्दा बल मात्रै प्रयोग गर्‍यो भन्नु गतल हुने बताए।
उनले स्थानीय आक्रोसित भएपछि एकाएक माहोल बिग्रिएको तर्क गरे। त्यस्तै उनले घटनामाथि राजनीतिक करण गर्न खोजिएको हो कि भन्ने आशंकासमेत पैदा भएको टिप्पणी गरे।
‘तपाईंहरूले सबै जनता र राजनीतिक दललाई संयमता अपनाइदिन अपिल गरिदिनु पर्‍यो,’ प्रजिअ खड्काले भने, ‘जे भयो त्यसको अनुसन्धान हुन्छ, दोषीलाई कारबाही हुन्छ।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।