Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

मैले पाएका स्वर्ण पदक दुई छोरालाई: आयशा शाक्य


अघिल्लो साता तेक्वान्दो प्रशिक्षण हल पुग्दा आयशा शाक्य पूम्से (कला प्रदर्शनी) को अभ्यास गरिरहेकी थिइन्। अर्को कुनामा उनका श्रीमान कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट ग्योरुगी (फाइट) का खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए।
यसरी श्रीमान प्रशिक्षक र श्रीमती खेलाडीको रूपमा खटिरहँदा उनीहरूका दुई सन्तान घरमै थिए। आयशा र दिपकका छ र दुई वर्षका छोरा छन्।
त्यो बेला हामीले आयशालाई प्रशिक्षणको बारेमा सोध्दा जवाफमा उनले भनेकी थिइन्, ‘यो भन्दा अगाडि राष्ट्र र आफ्नो लागि खेलेँ, अब मेरो बच्चाको लागि खेल्छु।’
नभन्दै आयशाले आफ्नो अठोट पुरा गरिन्, १३औं  दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको स्वर्ण जितेर। २९ वर्ष माथिको पुम्से (कला प्रदर्शनी) विधामा र संजिवकुमार ओझासँगको जोडी विधामा उनले स्वर्ण जितेकी हुन्। 
सोमबार भएको प्रतिस्पर्धामा उनले भारतका प्राजाकितालाई पराजित गर्दै स्वर्ण सुनिश्चित गरिन्।
स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान दिपक विष्टलाई अंगालो हालेर रोइन्। दिपक पनि भावुक बने। उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए।  
लगत्तै आयशाले आफ्ना दुई सन्तानलाई बोकिन्। ठूला छोराले आयशालाई ममी ‘कंग्राचुलेसन’ भनेर अंगालो हाले।
‘आफ्नो बच्चाको अगाडि प्रदर्शन गरेर बच्चाकै मुखबाट त्यस्तो सुन्दा यादगार क्षण हुँदोरैछ। मैले गरेँ,अब गरेर देखाउने पालो तिम्रो हो भनेर भन्न मन लाग्नेरैछ,’ आयशाले भनिन्।
आफ्ना ६ वर्षिय छोराले पनि खेल्न सुरू गरिसकेको उनले बताइन् । 
सानो बच्चालाई घरमा छोडेर प्रशिक्षण गर्दा, खेल खेल्दा बच्चाहरूलाई पीडा हुने आफूले महसुस गरेको उनले बताइन्।
‘त्यसैले यो स्वर्ण म मेरो बच्चाहरूको लागि समर्पित गर्न चाहन्छु,’ उनले भनिन्।  
आयशाले श्रीमानकै हौसला र प्रेरणाले आज आफूले सफलता चुमेको बताइन्।
‘२०१६कै दक्षिण एसियाली खेलकुदमा दोस्रो स्वर्ण जित्छु भनेकी थिएँ। गर्न सकिँन। उहाँले नै फेरी गर्न सक्छौ भनेर हौसला दिनुभो र आज यो सफलता मिल्यो’ मुसुक्क हाँस्दै आयशाले भनिन्, ‘त्यसैले पनि आज म भावुक भएँ।
अर्को सागमा पूम्से विधामा सहभागिता जनाउने उनको धोको छ। आफू भर्खर पूम्सेमा प्रवेश गरेको भन्दै उनले अझ आफ्नो प्रदर्शन बढाएर लैजाने प्रण गरेकी छन्।
‘६५ वर्ष पुगेको मान्छेहरुले पनि पूम्से खेलिरहेका छन्। म पनि स्वस्थ्यले भर दिएसम्म बुढो भइञ्जेल खेल्छु,’ उनले भनिन्।
२०१० मा बंगलादेशमा भएको ११औं सागमा आयशा र दिपक दुवैले तेक्वान्दोमा स्वर्ण जितेका थिए। त्यो बेला आयशाले ग्योरूगी (फाइट) मा स्वर्ण जितेकी थिइन्। यसपटक उनले पूम्से (कला प्रदर्शनी) र जोडी विधामा स्वर्ण जितेकी हुन्। योसँगै उनले दुई फरक विधामा स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन्।
यसअघि भारतमा भएको १२औं सागमा आयशा रजत पदकमा सिमित थिइन्।
तस्बिरहरू : निशा भण्डारी
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।