Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

उल्टो भयो दीपकले राति देखेको सपना, पूरा भयो दिउँसै बुनेको

दीपक हमालले मंगलबार राति राम्रो सपना देखेनन्। उनले अँध्यारो बाटोमा उकालो चढेको, बत्ती बाल्दा नबलेकोजस्ता डरलाग्दा सपना रातभर देखे।
बिहान उनी सबेरै ब्युझिए। सपना सम्झेर उनलाई भित्रभित्रै डर लाग्यो किनकी आज उनका लागि सामान्य दिन थिएन। जीवनकै महत्वपूर्णमध्येको थियो।  किनभने उनी बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उनले उसु थाउलोअन्तर्गत नानछ्वान अलराउन्डमा स्वर्णका लागि भिड्दै थिए।
दीपकले मंगलबार भएको पहिलो राउन्डमै राम्रो अंक जोडेका थिए। दोस्रो स्थानमा रहेका भारतका साजन लामा ०.०९ अंकले मात्र पछि थिए।
स्वर्णका लागि बुधबार पनि राम्रो प्रदर्शनलाई निरन्तरता दिनु पर्ने उनीमाथि दबाब थियो।
बुधबार उनको सपनाको उल्टो भयो। उनले नावग्वान उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते।
दीपकले समग्रमा १९.३२ अंक जोडेर स्वर्ण जित्दा दोस्रो भएका भारतका लामाले १९.१२ अंक जोडेका थिए।
'भारतका खेलाडी निकै अनुभवी थिए,' उनले भने, 'थोरै गल्ती गरेको अवस्थामा नतिजा जस्तो पनि हुन सक्थ्यो। त्यसैले आफ्नो उत्कृष्ट दिएर खेलेँ।'
छिन्चु सुर्खेतका २६ वर्षीय हमाल सानैदेखि उसुमा आकर्षित थिए। 'तरवार चलाएको खेलेको देख्दा निकै मजा लाग्थ्यो,' उनले भने,'चीनका ज्याकी चेन र उनले फिल्ममा खेलेको उसु चाख दिएर हेर्थे।'
उसुमा चाख भए पनि उनले खेलाडी बन्छु भनेर कहिल्यै सोचेका थिएनन्।
त्यसैले प्लास टु सकिने बित्तिकै ब्रिटिस लाहुरेमा भर्ना हुनका लागि प्रतिस्पर्धा गरे। पहिलो वर्षमा सफल हुन सकेनन्।
दोस्रो पटक लाहुरेमा भिड्नुअघि उनी उसुको प्रशिक्षणमा भर्ना भए।
'शरिरका लागि पनि राम्रो हुने लाहुरे भइयो भने प्लस प्वाइन्ट हुन्छ भन्ने लागेर उसु सिक्न थाले,' उनले भने।
उसु सिक्न थालेपछि उनलाई प्रशिक्षकले थाउलोको नानछ्वान खेल्न सुझाव दिए।
'मेरो शरिर र जम्पिङ नानछ्वानका लागि फिट भएको गुरुहरूले सुझाव दिनुभयो,' उनले भने।
त्यही बेलमा नवौं राष्ट्रिय उसु प्रतियोगिता आयोजना भएको थियो।
'मैले त उसुको प्रतियोगिता खेल्छु भनेर कहिल्यै सोचेको थिइनँ,'  उनले भने,'प्रकाश लामा गुरुले अनुभवका लागि खेल्न भन्नुभयो।'
उनै प्रकाशले दीपकाका लागि कला प्रदर्शन गर्ने प्याट्रन बनाइदिए। त्यसैलाई म्याटमा उतारेका हमाल पहिलो प्रतिस्पर्धामा चौथो भए। 
सन् २०१६ मा भारतमा भएको १२औं सागमा छनोट हुन भने अन्तिममा चुके। फाइनलमा युवराज थापासँग पराजित हुँदा उनको साग खेल्ने धोको पूरा हुन सकेन।
२०१७ मा भने उनले उसुको विश्वच्याम्पियसिप खेल्ने अवसर पाए। त्यसपछि उनको प्रदर्शनमा निखार आयो। गत वैशाखामा भएको आठौं राष्ट्रिय खेलकुदमा युवराजलाई नै हराएर राष्ट्रिय च्याम्पियन बने। त्यसपछि उनको १३औं साग खेल्ने ढोका खुल्यो।
सागका लागि छनोट भएपछि दीपकले चीनको सांघाईमा भएको विश्व च्याम्पियनसिपमा भाग लिए। दोस्रो पटक विश्व च्यामपियनसिप खेल्दा दीपकले उत्कृष्ट प्रदर्शन गरे। उनले नवौं स्थान हात पारे। सो प्रतिस्पर्धामा विश्वभरका ५४ जना खेलाडीले भाग लिएका थिए।
'चीनका एक जना प्रशिक्षक मेरो प्रदर्शन देखेपछि छक्का परेका थिए,' उनले भने,'नेपाली खेलाडीलाई राम्रो प्रशिक्षण दिएमा एसियामै उत्कृष्ट नतिजा ल्याएछ भनेपछि सागमा राम्रो गर्न सक्छु भन्ने आसा पलाएको थियो।'
त्यो आसा अहिले स्वर्णमा परिणत भएको छ। स्वर्ण प्रशिक्षक र आफ्नो खेलप्रतिको लगावले प्राप्त भएको भएको  उनले बताए।
'गुरुहरु र सेल्फ मोटिभेसनले यहाँसम्म आइपुगे, यो आठ वर्षमा मैले धेरै त्याग गर्नुपर्‍यो।'
उनलाई धेरैले 'कति उसु खेलेको छोड' समेत भने। कोही विदेश जा भन्थे कोही करिअरमा ध्यान दिन सुझाव दिन्थे।
धेरै दबाबमा आएपछि उनलाई एकपटक त कोरियन भाषा पढौ कि जस्तो पनि लागेको थियो।
'साथीहरुले बाटोमा भेटेभने कहाँ गएर आएको भनेर सोध्थे,' उनले भने, 'मेलै प्रशिक्षण गरेको आएको भनेपछि उनीहरु अझै खेल्दैछन् उसु भनेर जिम्क्याउथे।'
तर पनि उनी उसुमै केन्द्रीत भए। देशका लागि मेडल जित्ने सपना बुन्दै म्याटमा उसुको कला प्रदर्शन गर्न दिनरात मिहिनेत गरे।
'पैसा नभए पनि नाम हुन्छ। आफ्ना देशका लागि खेल्छु। मेडल लिन सके भने केही राम्रो व्यवस्था होला भनेर खेलिरहे,' उनी भावुक बने, 'अब खेल छोड्ने इच्छा छैन, एसियाली खेलमा मेडल लिने लक्ष्य प्रशिक्षण गर्नेछु।'

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।