Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

'साथीहरूले हेपेर खेल्न सिकेकी थिएँ, पछि साथीहरू नै डराउन थाले'

तेक्वान्दो खेलाडी सिना मादेन लिम्बूको सपना थियो- अन्तर्राष्ट्रिय पदक जित्ने। सोमबार स्वर्ण पदक जितेर सपना पूरा हुँदा उनका आँखा चम्किरहेका थिए।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्से, महिला १७–२३ वर्ष विधामा स्वर्ण जितेकी सिना हातमा नेपाली झन्डा बोकेर हाँसिरहेकी थिइन्।
१९ वर्षे सिना तेक्वान्दोमा महिलातर्फ स्वर्ण जित्ने सबभन्दा कम उमेरकी खेलाडी हुन्। सागमा पुम्से र सिना दुवै पहिलोपटक देखिएका हुन्।
पुम्सेमा हात र खुट्टाबाट तेक्वान्दो सीप देखाइन्छ। यसमा शरीर सन्तुलन, किकको उचाइ, रिदम, बक्सिङ, ब्लक सबै पर्छन्। एक मिनेटभित्र जसले सबै सीप राम्ररी प्रस्तुत गर्छ, उही विजेता। यसमा कुल १० अंक हुन्छ। खेलाडीले जतिपटक बिगार्छन्, अंक घट्दै जान्छ।
सिनाले ८.१५ अंक ल्याएर स्वर्ण हात पारेकी हुन्। उनकी प्रतिस्पर्धी भारतकी रुपा बायोराले ८.१३ अंक ल्याइन्।
'मेरो प्रतिस्पर्धीको प्रस्तुति पनि निकै राम्रो थियो। अन्तिममा उनी असन्तुलित भएर बिग्रियो,' सिनाले भनिन्।
सानो छँदा आफू एकदमै शान्त र सोझी भएको बताउने सिना कसरी तेक्वान्दोमा जोडिइन् त?
'सानोमा मलाई प्रायः साथीहरूले हेप्थे, पिट्थे। म सोझी थिएँ, रूँदै घर जान्थेँ,' सिना बाल्यकाल सम्झिँदै भन्छिन्, 'धेरैपटक ममी नै गुनासो लिएर स्कुल जानुभयो। पछि हेपाइबाट बच्न तेक्वान्दो सिकाउनुभयो।'
धरानमा जन्मे-हुर्केकी सिना तेक्वान्दो सिक्न सुरू गर्दा ११ वर्षकी थिइन्। तेक्वान्दो थालेपछि डर सदाका लागि हराएको उनी बताउँछिन्। 'मेरो डर त हरायो, बरू साथीहरू नै मलाई देखेर डराउन थाले,' उनले भनिन्।
नेपाली तेक्वान्दो खेलाडी सिना मादेन लिम्बु। फोटो : नारायण महर्जन
उनी तेक्वान्दोमा लाग्नुको कारण साथीहरूको हेपाइबाट बच्नु मात्र होइन। यसमा उनको बुबाको 'लिगेसी' पनि छ।
सिनाका बुबा धरानमै तेक्वान्दो सिकाउँथे। उनका दुई दिदी पनि तेक्वान्दोमै आबद्ध छन्। सिनाले प्लस-टुसम्म धरानै पढिन्। प्राथमिकतामा भने खेल नै राखिन्।
कक्षा १२ को बोर्ड परीक्षा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सँगसँगै हुँदा उनले खेल नै रोजेकी थिइन्। कलेजको सहयोगका कारण पछि परीक्षा दिन पाएको उनी बताउँछिन्।
करकापले सुरू गरेको भए पनि यो खेलयात्रा सिनालाई रमाइलो लाग्छ। धरान हुँदा उनले तेक्वान्दो फाइटिङ र पुम्से दुवै सिकेकी थिइन्।राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियन खेल्न काठमाडौं आएकी सिनाले यसलाई निरन्तरता दिइन्।
सन् २०१८ बाट उनी पूर्ण रूपले पुम्सेमै लागिन्। यही वर्ष तेक्वान्दोका एकभन्दा बढी क्षेत्रमा लाग्न नपाइने नियम आएको थियो।
'पहिले फाइटिङमा पनि धेरै पटक जितेकी थिएँ,' उनले भनिन्, 'बढी रूचि पुम्सेमा भएकाले मैले यही रोजेँ।'
थुप्रै राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा सहभागी सिनाले विदेशी खेलाडीबाट तालिम लिएकी छन्। सन् २०१८ मा इन्डोनेसिया पुगेकी उनले जित त हासिल गरिनन्, तर त्यहाँका खेलाडीबाट चारदिने तालिम पाइन्। यो उनका लागि जितभन्दा कम थिएन।
त्यस्तै, मलेसियाका राष्ट्रिय तेक्वान्दो खेलाडीबाट उनले २२ दिन तालिम पाइन् भने कोरियामा दुईपटक तालिमका लागि पुगिसकेकी छन्। राखेपको खेलपछि मात्रै उनले राष्ट्रिय टिमबाट खेल्न सुरू गरेकी हुन्।
१९ वर्षमै स्वर्ण जित्दा उनी आफ्ना लागि भन्दा बुबाका लागि खुसी छिन्। भन्छिन्, 'अन्तर्राष्ट्रिय पदक भित्र्याउने सपना मेरोभन्दा बढी बाबाको थियो। सागको स्वर्णसँगै बाबा र पूरै परिवारको सपना पूरा भएको छ।'
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
आमिर खानको फिल्म 'दंगल' को सन्दर्भ जोड्दै उनी भन्छिन्, 'दंगल रिलिज हुँदा हामीलाई हाम्रै कथाजस्तो लागेको थियो। हाम्रो बुबाले पनि हामी तीनै छोरीलाई खेल्न सिकाउनुभयो। कोहीभन्दा कम नहून् भन्ने उहाँ चाहनुहुन्छ।'
सिनाको खेल हेर्न सोमबार उनका बुबा पनि उपस्थित थिए।
'वर्षौंदेखि दिनरातको मिहिनेत थियो। स्वर्ण हात पार्छु भन्ने विश्वास थियो, सँगै डर पनि। नतिजा प्रतीक्षाको क्षणमा एकदमै सुन्य महशुस गरेकी थिएँ। आँखा बन्द गरेर कामिरहेकी थिएँ। घोषणापछि पनि एकछिन आँखा खोल्न सकिनँ,' खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो।
तेक्वान्दोबाहेक नृत्यमा रमाउने भए पनि सिनाले यसलाई निरन्तरता दिन सकेकी छैनन्। उनी पढाइमा आफूलाई औसत मान्छिन्। खेल नै प्राथमिकता भएकाले अरूमा ध्यान दिन नपाउने उनी बताउँछिन्।
खेलमा सधैं जित हुन्छ भन्ने छैन। सिनाले पनि धेरै हारको स्वाद पाएकी छन्।
'खेलमा हार भए गल्तीहरू मनन गर्दै मिहिनेत गरिन्छ,' उनी भन्छिन्।
तेक्वान्दो महिला खेलाडीमा सबभन्दा सानी सिना सबैकी प्यारी छिन्। गुरू नर्बु लामाका कारण आफू यो उचाइमा पुगेको उनलाई लाग्छ। एसियाली खेलका लागि उनले नर्बुबाटै प्रशिक्षण लिएकी थिइन्। सागमा भने गुरू नवीनकुमार श्रेष्ठ थिए।
सिना आफ्नो भविष्यमा स्पष्ट छिन्- तेक्वान्दो, पुम्सेमा नै खेलाडीका रूपमा परिचित हुने।
उनी आफूलाई प्रशिक्षक हुने रहर भने नभएको बताउँछिन्। भन्छिन्, 'सकुन्जेल खेलाडीकै रूपमा चिनिन चाहन्छु। कुनै क्षेत्रमा पाइला राखिसकेपछि त्यही क्षेत्रमा केही गरेर देखाउनुपर्छ।'

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।