Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

आफ्ना नानीबाबुलाई सोध्नुस्- कसैले गलत तरिकाले छोइरहेको त छैन?

काठमाडौंको झोछेँस्थित बालसेवा माध्यमिक विद्यालयको एउटा कोठामा बुधबार दिउँसो १२ बजे कक्षा एकदेखि १० सम्मका विद्यार्थी भेला भए।
कक्षाकोठाको 'ह्वाइट बोर्ड' मा एउटा चित्र देखियो। आफूजस्तै केटा र केटीको चित्रले विद्यार्थीहरूको ध्यान खिच्यो। पहेँलो र रातो रङ भएको त्यो चित्र देखेर धेरै विद्यार्थीले मुखामुख गरे। सायद उनीहरूले बुझेनन्।
त्यो चित्र बुझाउन त्यहाँ सधैंझैं त्यहाँ शिक्षक थिएनन्। बरू एउटी अपरिचित युवती थिइन्।
उनी हुन्- रोशनी खरेल। रोशनी विद्यार्थीलाई राम्रो र गलत छुवाइबारे बुझाउन आएकी थिइन्।
अर्घाखाँचीमा जन्मेर बुटवलमा हुर्केकी खरेल हिजोआज काठमाडौं बस्छिन्। उनी तीन वर्षदेखि बालबालिका क्षेत्रमा काम गर्ने 'चाइल्ड डेभलपमेन्ट कमिटी' मा आबद्ध छिन्। यसअघि उनले बालविवाह, बालश्रम लगायत विषयमा काम गरेकी थिइन्। यसपालि स्कुल-स्कुल गएर छुवाइको बारेमा कुरा गर्दै छिन्।
छुवाइ भन्नाले, कसैले आफूलाई वा आफूले अरू कसैलाई छुँदा ध्यान दिनुपर्ने कुरामा उनी चर्चा गर्छिन्।
सबै छुवाइ एकनास हुँदैन। कतिपय अवस्थामा हामीले सामान्य ठाने पनि अरूले हामीलाई गलत नियत राखेर छोइरहेको हुन सक्छ। कस्तो छुवाइलाई राम्रो भन्ने र कस्तोलाई गलत, रोशनी यसैबारे विद्यार्थीहरूलाई बुझाउँछिन्।
यही क्रममा उनी बुधबार बालसेवा विद्यालय पुगेकी थिइन्।
रोशनी खरेल
रोशनीले कार्यक्रमको सुरूआत भाषणबाट गरिन्- यौन दुर्व्यवहार भनेको के हो?
'यौन दुर्व्यवहार केटा र केटी दुवैलाई हुने गर्छ,' उनले भनिन्।
'केटीलाई भएको त थाहा हुन्छ तर केटालाई दुर्व्यवहार भएको कसरी थाहा पाउने?' विद्यार्थीबीचबाट एकले सोधे।
ती विद्यार्थीलाई जवाफ दिन उनी 'ह्वाइट बोर्ड' तिर फर्किइन् र चित्रमा केन्द्रित गरिन्।
पहिले चित्रमा भएका केटाकेटीको शरीरमा भएका रातो रङबाट सुरू गरिन्। जुन ठाउँमा छुनुलाई गलत छुवाइ भनिन्छ, त्यहाँ रातो रङ लगाइएको थियो। चारवटा संवेदनशील अंगमा रातो लगाइएको थियो- ओठ, छाती, दुई खुट्टाबीच र पछाडि (नितम्ब) को भाग। 
'केटा होस् वा केटी, शरीरका चार संवेदनशील अंगमा कसैले छुन्छ भने त्यो खराब छुवाइ हो। यी भागमा कसैले छुनु हुँदैन,' चित्रमा रातो रङका भाग देखाउँदै उनले भनिन्, 'केटा वा केटीलाई होस्, यी ठाउँको छुवाइलाई खराब छुवाइ भनिन्छ र यो बाल यौन हिंसा हो।'
'हाम्रो समाजमा धेरैजसो महिला हिंसा मात्रै देखिएकाले केटाहरूमाथि पनि हिंसा हुन्छ भन्ने विश्वास गर्न गाह्रो हुन्छ,' उनले अर्थ्याइन्। 
जबर्जस्ती चुम्बन दिन-लिन खोज्नु, आफूभन्दा सानालाई यौनसम्बन्धी भिडिओ देखाउनु वा हेर्न सिकाउनु, गोप्य अंग वा अप्ठ्यारो लाग्ने ठाउँमा हात हाल्नु र छुनु खराब छुवाइ भएको उनले बताइन्।
'यो भन्दैमा आमाबाबुले साना छोराछोरीलाई नुहाइदिनु, माया गरेर चुप्पा गर्नु, डाक्टरले बिरामीको शरीर जाँच्नु खराब छुवाइ होइन। आफूलाई नराम्रो लाग्ने गरी कसैले शरीरमा छुन्छन् भने त्यो खराब छुवाइ वा यौन दुर्व्यवहार हो,' उनले भनिन्।
कसैले राम्रो काम गरिस् भनेर टाउको थपथपाउँछ, हात मिलाउँछ भने त्यो राम्रो छुवाइ भएको रोशनीले विद्यार्थीहरूलाई बुझाइन्।
उनका अनुसार शरीरका अन्य भाग, जस्तै घाँटी, तिघ्रा, पेट, पैताला लगायत भागमा कहिलेकाहीँ लाग्न वा छोइन सक्छ। तर बारम्बार आफूलाई अप्ठ्यारो लाग्ने गरी सोही ठाउँमा छोइरहन्छ भने त्यो पनि खराब छुवाइ हो। बालबालिकाले यी दुई खालका छुवाइ छुट्याउन सक्ने हो खराब नियतका मानिसबाट बच्न सकिने उनले बताइन्।
कसैले छोएको राम्रो नलागे घरमा आफ्ना आमाबुबा, दाजुदिदी र स्कुलमा भए शिक्षक-शिक्षिकालाई भन्नुपर्छ। कसैसँग पनि भन्न नसके प्रहरीलाई भन्नुपर्छ।
'आफू एक्लै भएको अवस्थामा त्यस्तो भयो भने अरू मान्छेले सुन्ने गरी चिच्याउँदा सहयोग गर्न कोही न कोही आउन सक्छ,' रोशनीले भनिन्, 'राम्रो र खराब छुवाइबारे थाहा भए मात्र पनि मान्छे चिन्न सकिन्छ र यस्ता समस्याबाट सुरक्षित रहन धेरै मद्दत पुग्छ।'
विगत एक वर्षमा उनले १० वटा स्कुलमा यस्तै कक्षा लिइसकेकी छन्। कोही पनि यौनहिंसाबाट पीडित हुनु नपरोस् भनेर यो अभियानमा लागेको उनले बताइन्।
विद्यार्थीलाई यसरी सचेत गराउँदै हिँड्न रोशनीलाई केले प्रेरित गर्‍यो?
केही वर्षअघि उनी विराटनगर गएकी थिइन्। त्यहाँ एउटा स्कुल बसका सहचालकले छ/सात वर्षीया बालिकालाई काखमा लिने, माया गरेजस्तो गरेर आफ्नो दाह्री दल्ने गर्दा रहेछन्। पछि ती बालिकाको कानमा लगाएको सुन चोरिएछ। र, बालिकाको हत्यासमेत भएछ। यसबारे अरू जानकारी नभए पनि यसको कारण यौनहिंसा नै भएको उनको ठम्याइ छ।
'केटाकेटीलाई राम्रो र खराब छुवाइबारे सिकाइएको भए यस्ता घटना हुन्थेनन् होला,' उनले भनिन्, 'यसले मलाई साह्रै नरमाइलो लाग्यो र बच्चालाई यी कुरा सानैबाट सिकाउनुपर्ने महशुस भयो।'
अर्को घटना पनि छ, जसले रोशनीलाई एक्लै भए पनि यो क्षेत्रमा काम गर्न घच्घच्यायो।
उनी काठमाडौंबाट कामविशेषले साथीको गाडी लिएर निस्किएकी थिइन्। चिया पिउन एक ठाउँमा रोकिइन्। त्यहाँ बालबालिका खेल्दै थिए। चिया खाएर निस्किँदा गाडीमा हल्का कोरिएको देखिन्। त्यो देखेर उनलाई रिस उठ्यो र केटाकेटीलाई हप्काइन्।
फर्केर गाडीवाला साथीसँग माफी मागिन्। तर उनकी साथीले 'यो त पहिल्यै कोरिएको थियो' भन्दा रोशनीलाई झट्का लाग्यो।
'मलाई साह्रै नरमाइलो लाग्यो। बालबालिकाले नगरेको यति सानो कुरामा त आफूले गरेको होइन भन्न सकेनन् भने आफूमाथि भइरहेको हिंसाबारे बोल्लान् त?' उनले नरमाइलो मान्दै भनिन्।
यी दुई घटनाले उनलाई संवेदनशील बनायो। त्यसैले बालबालिकालाई ज्ञान दिन उनी हौसिइन्। 
'६ देखि १० कक्षाका बच्चालाई यौन सम्बन्ध र बलात्कारका भिन्नताबारे पाठ्यक्रममा भएको स्वास्थ्य विषयबाट केही न केही जानकारी हुन्छ। तर कक्षा एकदेखि ५ का विद्यार्थीलाई थाहा हुँदैन,' उनले भनिन्, 'त्यसैलाई सजिलो रूपमा गुड टच र ब्याड टचबारे बुझाउन र सिकाउन म आफैं हिँड्ने गरेकी हुँ।'
बालबालिकालाई सुरक्षित महशुस गराउन र असुरक्षित महशुस भए कसरी समस्या समाधान गर्ने भन्नेबारे घर र स्कुलमै सिकाउनुपर्नेमा उनी जोड दिन्छिन्।
'कतिपय स्कुलमा म तालिम दिन्छु भन्न जाँदा हामीले दिइराखेका छौं भन्ने जवाफ आउँछ,' उनले भनिन्, 'बच्चाहरूलाई कार्टुन देखाएर सिकाइरहेको छु भन्नुहुन्छ। म अचम्म पर्छु। खासमा बच्चाहरूले कार्टुनबाट धेरै बुझेका हुँदैनन्। कार्टुन त उनीहरू मनोरञ्जनका लागि हेरिरहेका हुन्छन्।'
राम्रो र खराब छुवाइबारे पाठ्यक्रममै समावेश हुनुपर्ने उनको भनाइ छ। यसका लागि सरकारसमक्ष प्रस्ताव पेस गर्ने योजना उनले बनाएकी छन्।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।