Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

सागको पहिलो दिन नेपालले जित्यो १५ स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन  १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ - ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो।
नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो। 

त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे। महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्। 
तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ। 
तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन्। त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन्। पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भए। त्यस्तै २३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन्। 
ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन्। 

हेर्नुहोस्, विजेता खेलाडीहरूको फोटो फिचर-
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
पुरुष काता व्यक्तिगत तर्फ स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ ।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
स्वर्ण पदक खुसी व्यक्तगर्दै जितेपछि मण्डेकाजी श्रेष्ठ ।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाली टिमले स्वर्ण दिलाएका छन्। नेपाली टिममा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
१३औं सागअन्तर्गत तेक्वान्दोको पुम्से विधाको २४-२९ वर्ष विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन्।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७-२३  वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन्। सिनाले भारतकी रुपा बायोरलाई पराजित गरेकी हुन् ।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
पुरुष टिम कातामा स्वर्ण विजेता नेपाली टिम । पुरुष टिम कातामा मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की थिए। सोमबार भएको प्रतिस्पर्धामा नेपालले २५.५४ अंक जोड्दै स्वर्ण हात पार्यो। दोस्रो भएर रजत जितेको श्रीलंकाले २५.२८ अंक जोड्यो।  
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
नेपालका कमल श्रेष्ठले स्वर्ण जित्ने क्रममा सोमबार भएको प्रतिस्पर्धामा ८.२७ अंक ल्याए । उनले भारतका राहुल जैनलाई पछि पारे। जैनले ८.२० अंक प्राप्त गरे।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको काता विधामा नेपालले ४ मध्ये ३ स्वर्ण जितेको छ। पुरुष टिम कातामा स्वर्ण जितेसँगै नेपालले कातामा ३ स्वर्ण जितेको हो।
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७-२३  वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन्। सिनाले भारतकी रुपा बायोरलाई पराजित गर्दै तेक्वान्दोबाट नेपाललाई दोस्रो स्वर्ण दिलाएकी हुन्। 
https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bijeta/bijeta (1).jpg
महिला टिम काताबाट पनि नेपालले स्वर्ण जितेको छ। महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए। 
दक्षिण एसियाली खेलकुद(साग)मा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको महिला तर्फको खेलमा सोनी गुरुङले स्वर्ण जितेकी हुन् । फोटो : सुदर्शन रञ्जित/पोखरा
दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई पराजित गरेका हुन्। 
कराँते ५५ केजी तौल समूहका स्वर्ण विजेता लक्ष्मण तामाङ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोबाट तेस्रो स्वर्ण जितेको छ। पुम्सेको २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन्। उनले श्रीलंकाकी खेलाडीलाई पछि पारिन्। श्रीलंकाकी रत्पातिपुराले ८.१४० अंक ल्याएर दोस्रो भइन्। 
तेक्वान्दोको पुम्से अन्तर्गत २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन्।
आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन्। आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्।
कराँते पुम्सेमा कला प्रदर्शनी गर्दै आयशा शाक्य ।
आयशाले साग इतिहासमा तेक्वान्दोको दुई फरक विधामा स्वर्ण जितेर इतिहास समेत बनाएकी छिन्।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत कराँते फाइटमा नेपालले दोश्रो स्वर्ण जितेको छ। नेपालका विप्लवलाल श्रेष्ठले ८४ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्। उनले पाकिस्तानी खेलाडी मोहम्मदलाई ६ - ५ ले पराजित गरे। 
पाकिस्तानी खेलाडीसँग फाइट गर्दै विप्लवलाल श्रेष्ठ ।
कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्। 

१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन तेक्वान्दोकी आयशाले दोस्रो स्वर्ण जितेकी छिन्। पुम्सेको महिला व्यक्तिगत २९ वर्ष माथिको विधामा पहिलो स्वर्ण जितेकी आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण जितेकी हुन्।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत कराँते फाइटमा फाइटमा कुसुम खड्काले नेपाललाई स्वर्ण दिलाएकी छन्। उनले फाइनलमा बंगलादेशकी मुन्दिरा बोर्नालाई ३-२ पराजित गरेकी हुन् ।
पुम्से विधाको महिला १७-२३ वर्ष उमेश समूहमा स्वर्ण जितेको छ। पुम्से विधामा नेपाललाई छैटौं स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना पहिलो भएका हुन्।
तेक्वान्दो पुम्सेमा २३ वर्ष माथिको उमेर समूहमा स्वर्ण विजेता निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राई ।
कराँते तर्फ स्वर्ण जित्ने नेपाली खेलाडीहरु सामूहिक तस्बिर खिचाउँदै।
तेक्वान्दो तर्फ मेडल विजेता खेलाडीहरु ।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।