Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

आफूले जितेको स्वर्ण उनले बुवालाई पहिर्‍याइदिइन्

करातेकी सुनिता महर्जनले मंगलबार स्वर्ण जितेपछि आफ्ना बुवालाई अगाँलो हालेर रोइन्। बुवा नाती महर्जनको पनि आँखा रसाए।
सुनितालाई बुवाले खेल हेर्न आउन भ्याउँदिन भनेका थिए। तर जब उनी स्वर्ण जितेर तल झरिन्, दुई दाइसँगै बुवालाई पनि देखिन्।
यसरी नै बुवाले सुनिताको हरेक सफलतामा साथ दिँदै आए। मंगलबार पनि बुवा बिमारी आमालाई श्रीमतीको रेखदेखमा छोडेर छोरीको खेल हेर्न सातदोबाटोस्थित कराते कबर्ड हल आए।   
सुनिताका बुवा मालीको काम गर्छन्। उनले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला देखि अन्य कोइराला परिवारको बगैंचा हेरचाह गर्दै आए।
‘मैले ६ वर्ष गिरिजाको निवासमा बगैंचा रेखदेखको काम गरेँ। पछि शशांक, सुजताको घरमा पनि काम गरेँ,’ नाति महर्जनले सेतोपाटीसँग भने।
स्वर्ण जितेपछि परिवारसँग सुनिता महर्जन
काम गर्ने दौरान नातीको कहिलेकाहीँ गिरिजाप्रसादसँग भेट हुन्थ्यो। भेटमा गिरिजाप्रसादले उनलाई छोराछोरीको बारेमा सोध्थे।
‘उहाँले मलाई छोराछोरीलाई मिठाई किन्दिनु भनेर पैसा दिनुहुन्थ्यो। म त्यो पैसा छोरीलाई दिएर डाइट खान भन्थे,’ उनले स्मरण गरे।
सुनितालाई पनि बुवाले आफूलाई गिरिजाप्रसादको निवास लगेको याद छ।
अहिले भने उनका बुवाले मालीको कामलाई विश्राम दिएका छन्। बेलाबेला जान्छन् नभए बिमारी आमाकै ‍रेखदेखमा खट्छन्।
आम्दानीको श्रोत सानो भएपनि सुनितालाई बुवाले खाने कुरामा कहिल्यै कमी हुन दिएनन्। माली कामबाट जति कमाउँथे त्यसबाट अलिकति लुकाएर डाइटका लागि छोरीलाई दिन्थे।
सुनितालाई सुरुवातदेखि नै बुवाले साथ सहयोग गर्दै आए। सुनिताले ११ वर्षको उमेरबाट कराते खेल्न सुरू गरेकी हुन्। उनका दाइ विनोद महर्जन पनि करातेमै थिए। दाइहरु खेलेको ठाउँमा उनी पनि हेर्न जान्थिन्। त्यही देखेर आफूलाई कराते खेल्न मन लागेको उनले बताइन्।
उनका दाइले ६ वर्ष खेलेर छाडे लगत्तै उनले खेल्न सुरु गरिन्।    
उनले आफ्नो मिहिनेतको फल मंगलबार करातेमा स्वर्ण जितेर पाइन्। कराते फाइटको ६८ केजी तौल समूहमा पाकिस्तानकी खेलाडीमाथि ८-२ अंकको सहज जित निकाल्दै उनले स्वर्ण जितिन्।
स्वर्ण जितेपछि उनी म्याटमा भक्कानिन्। नेपालको झण्डा बोकेर मैदानमा फन्को मार्दैगर्दा उनका आँखाबाट खुसीका आँशु बगिरहेको थियो।
त्यसपछि उनी आफ्ना बुवालाई अगाँलो हालेर रोइन्। नजिकै रहेका उनका दुई दाइहरु पनि भावुक भए। केहीबेर उनले आफ्ना परिवारसँग खुसी साटिन्।
मेडल वितरण समारोहपछि उनलाई बुवासँग फोटो खिच्न आग्रह गर्दा उनले आफूले लगाइराखेको स्वर्ण फुकालेर बुवाको गलामा पहिर्‍याइदिइन्। छोरीले गलामा स्वर्ण भिराइदिपछि बुवा नातिको मुहार  खुशीले झन् चम्कियो।
आफूलाई परिवारले दिएको हौसला र सहयोग भुल्न नसक्ने भन्दै उनले भनिन, ‘यही कारणले मैले यो स्वर्ण मेरो लागि भन्दा पनि परिवारको लागि सोचेको थिए।’
सागमा स्वर्ण जित्ने सपना पूरा भएको बताउँदै उनले अबको आफ्नो लक्ष्य ओलम्पिक खेल्नु रहेको सुनाइन्।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।