Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो।
‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ।
साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक?
पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ।
यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्।
‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’
पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ।
‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मिक आस्थाको गरिमा घटाउँछ।’ उनले पशुपतिनाथमा मोबाइल सुरक्षित गर्ने ‘लकर’को व्यवस्था गर्न सुझाव दिएका छन्।
मोबाइल राख्ने ‘लकर’ नहुँदा खल्तीमै बोकेर जानुपर्ने बाध्यता हटाउन सके पशुपतिनाथ मन्दिर थप सुरक्षित हुने उनले बताए।
बास्तोलालाई प्रधानमन्त्री केपी ओलीको दबाबमा साउन ६ गते पशुपति क्षेत्र विकास कोषको सदस्य नियुक्ति गरिएको दाबी गरिन्छ। साधारणतया पर्यटन मन्त्री अध्यक्ष रहेको बोर्डले नियुक्ति गर्ने चलन रहे पनि प्रधानमन्त्रीलाई नै दबाब दिन लगाएको आरोप उनीमाथि छ।
तर, लामो समय उनको नियुक्ति पर्यटन मन्त्रालयमै रोकिएको थियो। उनले मंसिर ८ गते मन्त्रालयबाट पत्र बुझेर जिम्मेवारी सम्हालेका थिए।
बास्तोलाले भने ह्वाट्सएप ग्रुपमा आफ्नो एडमिन बनाएर कसैले फोटो सार्वजनिक गरिदिएको दाबी गरेका छन्।
‘मैले छानबिन गर्न सदस्यसचिवज्यूलाई भनेको छु, मलाई बदनाम गराउन केही समूहले राजनीतिक खेल खेले,’ बास्तोलाले भने, ‘मलाई प्रधानमन्त्रीज्यूले नियुक्ति गर्नुभएको हो। यही विषयलाई राजनीतिक बनाएर बदनाम गर्न खोजिएको हो।’
उनका अनुसार तस्बिर सार्वजनिक भएको ग्रुप सन्तहरूको हो। त्यसमा आफू पनि सदस्य रहेको उनले बताए।
‘यसमा आफूलाई रिमुभ गरेर कसैले मलाई एडमिन बनाइदिएछ र फोटो हालिदिएछ, विवाद यही हो,’ उनले भने, ‘यसमा मेरो भन्नु केही छैन। छानबिन होला। कसले गरेको हो पत्ता लाग्ला।’
टण्डनका अनुसार पशुपतिनाथ मन्दिरभित्र तस्बिर खिच्न नपाइने भन्ने कानुनी व्यवस्था भने छैन।
तर, मूल साधनास्थललाई सुरक्षित राख्न र मर्यादाका लागि तस्बिर खिच्न रोक लगाइएको हो।
यहाँ अनुमति लिएर पनि कसैले सुटिङ गर्न पाउँदैन। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने मान्छेलाई पनि अनुमति लिएर पशुपतिनाथ मन्दिरबाहिरका अन्य स्थानमा फोटो तथा भिडिओ खिच्न दिइने गरेको छ।
अर्को, साधना तथा पूजाआजाका कुरा अरूले थाहा नपाउन् भनेर पनि पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम बनाइएको टण्डनले बताए।
यो तस्बिरबारे विवाद आइएकै बेला पशुपतिक्षेत्रस्थित बहिरा महादेवनजिकै भारतबाट ल्याइएका जगन्नाथका मूर्ति प्रतिस्थापन गर्नेबारे अर्को विवाद पनि छ।
भारतको गोवर्धनमठ पुरीपीठबाट ल्याइएका ती मूर्ति त्यहाँ प्रतिस्थापन गर्न लागिएको र त्यसको नेतृत्व पनि सदस्य बास्तोलाले नै गरेको आरोप लाग्ने गरेको छ।
यसबारे पनि बास्तोलाले आफूलाई गलत आरोप लगाइएको बताए।
‘म नियुक्ति भएर चार महिना पत्र बुझ्न पाइनँ, यहीबेला मूर्ति ल्याइए। म काम गर्न नआएकै बेला त्यसको आरोप पनि मैले सहनुपर्ने हो? यो सब पूर्वाग्रह हो।’
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले शिवलिंगको तस्बिर सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको बताए।
उनका अनुसार प्रशासन प्रमुख भोलाप्रसाद सिटौलाको नेतृत्वमा प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीसमेत रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ।
छानबिन समितिले बास्तोलालाई सो घटनाबारे सोधिसकेको ढकालले बताए।
‘उहाँले आफूले त्यस्तो नगरेको भनी जवाफ दिनुभएको छ,’ ढकालले भने, ‘कसको के संलग्नता भन्नेबारे दुई तीन दिनमै पत्ता लाग्ने छ।’
उनले यस घटनाबाट पशुपतिनाथ मन्दिरको सुरक्षाका लागि आफूहरूले ‘पाठ सिकेको’ पनि बताए।
पशुपतिनाथमा जुत्ता-चप्पल राख्ने लकर भए पनि मोबाइलका लागि भने उपयुक्त व्यवस्था छैन।
‘मोबाइल छिराउन नदिने गरी उपकरण नै राखेर कडाइ गरिन्छ,’ ढकालले भने, ‘त्यसबारे पनि निर्क्यौल गर्न सो समितिलाई अधिकारी दिइएको छ।’

Comments

Popular posts from this blog

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।