Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

नेकपाको पपुलर भोट स्थिर, कांग्रेसको झन्डै ७ प्रतिशतले बढ्यो

प्रतिनिधि सभा/प्रदेश सभा र स्थानीय तहका उपनिर्वाचनको मतपरिणाम आइरहेका छन्। आइतबार दिउँसो ४ बजेसम्म उपनिर्वाचन भएका ५२ पदमध्ये ४४ वटाको परिणाम आइसकेको छ।
अहिलेसम्म प्राप्त निर्वाचन परिणामको संकेत के हो? यसलाई कसरी विश्लेषण गर्ने?
यसलाई विश्लेषण गर्ने दुई प्रमुख आधार छन्- पहिलो, यसपालि जम्मा ५२ स्थानमा निर्वाचन भएको हो। तीमध्ये ४३ वडा अध्यक्ष, तीन वटा गाँउपालिका अध्यक्ष, तीन वटा प्रदेश सभा सदस्य, एक उपाध्यक्ष र एक प्रतिनिधि सभा निर्वाचन निर्वाचन क्षेत्र छ।
यी ५२ ठाँउमा नेकपा र कांग्रेस र नेकपाले कति सिट थपे वा गुमाए।   
दोस्रो, देशैभरी रूख र सूर्यलाई प्राप्त पपुलर मत प्रतिशत घट्यो वा बढ्यो।
निर्वाचन भएका ५२ स्थानमध्ये ४४ स्थानको मत परिणाम आइसकेको छ। तीमध्ये नेकपाले २६, नेपाली कांग्रेसले १२ स्थानमा जितेका छन्।
पछिल्लो निर्वाचनमा यी दुई दलले जितेको सिट संख्यामा खासै परिवर्तन भएको छैन। नेकपाले अहिले परिणाम आएकामध्ये अघिल्लो निर्वाचनमा २५ स्थान जितेको थियो भने कांग्रेसले १२ स्थाननै जितेको थियो।
कांग्रेसले एउटा वडा गुमाएको छ भने त्यसको बदलामा भक्तपुरको प्रदेश सभा सिट जितेको छ। नेकपाले कांग्रेसबाट सात वटा वडा अध्यक्ष खोसेको छ भने कांग्रेसले नेकपाबाट ६ वटा वडा अध्यक्ष र एक प्रदेश सभा सदस्य खोसेको छ।
देशैभरीको पपुलर भोटमा भने नेकपाको तुलनामा कांग्रेसले बाजी मारेको छ। नेकपाको पपुलर भोट (लोकप्रिय मत) लगभग स्थिर रहँदा कांग्रेसले पपुलर भोट झन्डै ७ प्रतिशत बिन्दुले बढाएको छ।
देशभरमा आइतबार चार बजेसम्म गनिएको सदर मत १ लाख ४१ हजार ९ सय ७६ मध्ये नेकपाको सूर्यमा ६५ हजार ९ सय २६ मत खसेको छ। त्यस्तै नेपाली कांग्रेसको रूख चिन्हमा ५६ हजार ३४५ मत मत खसेको छ।
अर्थात् नेकपाले जम्मा ४६.४३ प्रतिशत पपुलर भोट ल्याएको छ भने कांग्रेसले ३९.६९ प्रतिशत मत ल्याएको छ। अन्य दलले १३.८८ प्रतिशत मत पाएका छन्।
पछिल्लो संसदीय निर्वाचनमा नेकपा र नेपाली कांग्रेसले ल्याएको पपुलर मतको प्रतिशतसँग तुलना गर्ने हो भने कांग्रेसको मत झण्डै ७ प्रतिशतले बढेको छ भने नेकपाको मत झिनो (झन्डै ०.५७ प्रतिशत) ले घटेको छ। अन्य पार्टीहरूले ल्याएको मत पनि झन्डै सात प्रतिशत नै घटेको छ।
निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार गत प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा ९५ लाख ४४ हजार ८ सय ३३ मत सदर भएको थियो।
जसमा तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो भने तत्कालीन माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको थियो। दुबै पार्टीले निर्वाचनमा गठबन्धन गरेर उठेका थिए। यी दुई पार्टी मिलेर ४४ लाख ७७ हजार २५१ मत पाएका थिए। जुन कुल मतको ४७ प्रतिशत हो।
त्यस्तै नेपाली कांग्रेसले प्राप्त गरेको मत ३१ लाख २८ हजार ३९८ छ। जुन कुल मतको ३३ प्रतिशत हो। त्यस्तै अन्य दलहरूले प्राप्त गरेको मत १९ लाख ३९ हजार १८४ थियो। जुन २० प्रतिशत मत हो।
यसरी हेर्दा नेकपाको मत झन्डै स्थिर रहँदा कांग्रेसले यस पटक अन्य दलबाट मत तानेको देखिन्छ। प्रतिनिधि सभाको पछिल्लो चुनावमा २० प्रतिशत मत ल्याएका अन्य दलको मत यसपाली घटेर १३.८८ प्रतिशतमा खुम्चिएको छ।
प्रतिनिधि सभाको निर्वाचनमा पहाडबाट धेरै मत ल्याएका विवेकशील साझा, राप्रपा, राप्रपा संयुक्त र नयाँ शक्ति पार्टीको मत यसपाली धेरै खस्किएको छ। यी चारै दलले मिलेर प्रतिनिधि सभाको समानुपातिकमा ५ लाख ७९ हजार ३ सय ६२ मत ल्याएका थिए। अर्थात् झन्डै ६ दशमलव ०६ प्रतिशत मत यी दलहरुले ल्याएका थिए।
यसपाली यी दलको मत थप खस्किएको छ। धेरै ठाँउमा यी दलका उम्मेदवार नै थिएनन्। उम्मेदवारी दिएका अधिकांश ठाँउमा यी दलका उमेदवारले १ प्रतिशत भन्दा कम मत ल्याएका छन्। नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बनेको छ। यो पार्टीले पनि उम्मेदवार दिएका ठाँउमा मधेसमा बाहेक हारीहारी एक प्रतिशत मात्रै मत ल्याएको छ। 
यस पटक यी पार्टीको मत खुम्चिँदा प्रतिपक्षी कांग्रेसलाई लाभ पुगेको देखिन्छ। त्यही कारणले नेकपाको पपुलर मत स्थिर हुँदा कांग्रेसको पपुलर मत बढेको छ।
मधेसमा नेकपा र नेपाली कांग्रेसको तुलनामा राजपा र सामजवादी पार्टीको जनाधार बलियो छ। तर यसपाली मधेशमा थोरैमात्र सिट खाली भएका थिए, त्यसैले उम्मेदवार थोरै थिए। त्यसकारण यसपालीको निर्वाचनमा मधेसी पार्टीको पपुलर भोट कम देखिएको छ। मधेसमा पनि पहाडकै अनुपातमा सिट खाली भएका र निर्वाचन भएको भए मधेसी पार्टीको पपुलर भोट केही बढ्ने थियो भने नेकपा र कांग्रेसको केही कम हुने थियो।  

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।