Skip to main content

Posts

Showing posts from December, 2019

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

प्रचण्ड प्रतिवेदन लेख्नमा व्यस्त, रोकियो सचिवालय बैठक

शुक्रबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको छ। ‘अध्यक्षज्यू प्रतिवेदन लेखिरहनु भएकाले आज बैठक स्थगित भएको छ। अब भोलि बस्न सक्छ,’ प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा जुगलले भने।

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।

सागका स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। फुटबलबाहेक अरु टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पनि ५ लाख रुपैयाँ प्रदान गरिनेछ।  प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलव्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गरिने भएको हो। प्रधानमन्त्री ओलीले खेलाडीलाई आज आफ्नै निवास बालुवाटारमा बोलाई सो प्रोत्साहन रकम उपलव्ध गराउने घोषणा गरेका हुन्। हिजो सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो।  अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।  खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ। यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ। 

‍'सामाजिक सञ्जालबाट बाहिरिने पैसा औपचारिक माध्यममा ल्याउँदैछौं'

पछिल्लो समय बैंकिङ क्षेत्रमा ठगीका घटना सार्वजनिक भइरहेका छन्। एटिएम ह्याकिङले पनि बैंकिङ प्रणालीको सुरक्षामाथि प्रश्न उठाएको छ। अर्कातिर मुलुकमा पुँजी अभाव भइरहँदा रेमिट्यान्सको प्रवाह घटेको छ। यहीबेला राष्ट्र बैंकको गभर्नरका लागि दौडधुप पनि चलिरहेको छ। राष्ट्र बैंका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी  पनि गभर्नरका दाबेदारका रूपमा देखिएका छन्। सिवाकोटीसँग  सेतोपाटी का  कमल नेपाल ले गरेको कुराकानीको सम्पादित अंश: ऋणको व्याज घट्ने गरी बैंकहरूमा लगानीयोग्य रकम कहिले सहज होला?   लगानीयोग्य रकम तत्काल सहजता हुने अवस्था छैन। द्वन्द्व अन्त्य भई मुलुक शान्तिपूर्ण संघीयतामा अघि बढेको छ। अर्कोतर्फ विद्युत वा उर्जाको समस्या पनि अन्त्य भएको छ। विदेश जानेको संख्या पनि घट्दै गएको छ। युवामा पनि मुलुकमै व्यवसाय गर्ने सोच बढेको छ। उद्योग व्यवसाय सञ्चालनका लागि राम्रो वातावरण बनेसँगै नयाँ उद्योग थपिएका छन्। पूराना उद्योग पनि क्षमता विस्तारमा लागेका छन्। उद्योग व्यवसाय सञ्चालनको पुँजी बैंक कर्जाबाटै जुटाउने हो। पछिल्ला वर्षमा हेर्दा बैंकहरूको ऋण प्रवाह निक्षेपको दरभन्दा बढेको छ। सानो अर्थतन्त्र

दुई वडा कार्यालयमा आगजनी

यहाँ दुई वडा कार्यालयमा  अज्ञात समूहले आगजनी गरेको छ। रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र  पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पौवादुङमा–३ च्याङ्ग्रेको  वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिएका छन्।  रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन्।  घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला  प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए।  घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

२० लाख घुस लिँदालिँदै पक्राउ परे सडक कार्यालयका इञ्जिनियर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ पक्राउ गरेको छ। मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियार स्रोतले जनायो। उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ।

खुसुखुसु नेपाल प्याज पठाउने सनी मधेसिया भारतमा पक्राउ

आलु भन्दै प्याज नेपाल पठाउने एक व्यापारीलाई भारतीय अधिकारीहरूले पक्राउ गरेका छन्। उत्तरप्रदेशको  महाराजगञ्ज जिल्ला नौतुनवाका व्यापारी सनी मधेसियालाई डाइरेक्टर अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीले गत शुक्रबार बिहान सबेरै पक्राउ गरेका हुन्। निर्यातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती बजारका यी व्यापारीले खुसुखुसु नेपाल प्याज पठाइरहेको सूचना रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूलाई पुगेको थियो।  भारतीय अधिकारीहरूले नेपाली अधिकारीहरूलाई पनि यसबारेमा समन्वय गरेका थिए। अनुसन्धानका क्रममा मधेसियाले आलुको बिल बनाउँदै प्याज नेपाल पठाइरहेको खुलेको थियो। मधेसियाले प्रतिबन्धपछि तीन करोडभन्दा बढीको प्याज नेपाल पठाएको अधिकारीहरूले बताएका छन्। मधेसियाले आलु हो भन्दै ३६ सय क्विन्टल  प्याज नेपाल पठाएको अधिकारीहरूको अनुमान छ। धेरै नाफा कमाउने लोभमा सनीलगायत व्यापारीले प्याज नेपाल पठाउने गर्थे। अधिकारीहरूसँग उनले यो तस्करीमा संलग्न अरू व्यापारीको नाम पनि लिएका छन्। खुसुखुस प्याज पठाउने सनी पक्राउ परेपछि शुक्रबारदेखि नेपालमा भारतीय प्याज आउन पूर्ण रूपमा बन्द भएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

बोक्सो आरोपमा वडाध्यक्षलाई दलियो मोसो, लगाइयो जुत्ताको माला

चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीय घेरा हाले। उनीहरूका हातमा मोसो थियो। जबरजस्ती मोसो प्रजाको मुखमा दले। उनीहरूले जुत्ताको माला पनि ल्याएका थिए। त्यो माला प्रजाको गलामा हाले। पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दु:ख दिएकाले प्रजालाई मोसो दलिएको भने होइन। बरू उनी कानुनले बर्जित गरेको कुरिति र अन्धविश्वासको सिकार भए। मोसो दल्ने र जुत्ताको माला लगाउनेले उनीमाथि बोक्सोको आरोप लगाए।   स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले प्रजालाई पहिलेदेखि नै दुर्व्यवहार गर्थे। नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका प्रजा त्यसलाई खासै वास्ता गर्दैनथे।  'पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे,' प्रजाले टेलिफोनमा सेतोपाटीसँग भने,'शनिबार भने गुरूङको समूहले मलाई मोसो दलेर जुत्ताको माला लगाइदिए।' गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्रजाको भनाइ छ। 'उत्तरकुमार गुरूङका बुवाले मलाई बोक्सोको आरोप लगाए,' प्रजाले सेतोपाटीसँग भने,'दिसा पिसाब समेत खुवाउने भन्दै थिए, पछि मैले प्रतिकार गरें।'

एकाएक रणभूमि बन्यो कोहलपुर

दुर्घटनालाई लिएर बाँकेको कोहलपुर आइतबार दिनभरि रणभूमि बनेको छ। विद्यार्थीले शुरू गरेको आन्दोलनले उग्ररूप लिएपछि तोडफोड, आगजनी, गोली प्रहारदेखि निषेधित क्षेत्रसम्म घोषणा गरिएको छ। ना२ख ९४५९ नम्बरको ट्रकले भे६प २७४० नम्बरको स्कुटीबाट झरेर स्कुलतर्फ जाँदै गरेकी १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि घटनाको शुरुआत भएको थियो। ट्रकले खुट्टा कुल्चिदिएपछि गम्भीर घाइते भएकी प्रकृतिलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।आफ्नै आँखा अगाडि ट्रकले साथीलाई ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका थिए। विद्यार्थीले ट्रकलाई तोडफोड गर्दै आगो लगाइदिएका थिए। त्यसपछि प्रहरीले विद्यार्थीलाई भगाउन लाठीचार्ज गर्नुका साथै स्कुलभित्रै पसेर विद्यार्थीलाई लछारपछार पारेको थियो। प्रहरीले बल प्रयोग गर्नेबित्तिकै ठूलो संख्यामा रहेका विद्यार्थीहरू उग्र बनेका थिए। विद्यार्थीले नेपालगन्ज–कोहलपुर रुटको कोहलपुरस्थित त्रिभुवन स्कुल अगाडि बसेर एक दर्जन गाडीलाई तोडफोड गरेका थिए। प्रहरीले विद्यार्थीलाई भगाउन हवाइफायर समेत गरेको थियो। विद्यार्थीलाई प्रहरीले लछारपछार गरेको देखेपछि स्थानीय बासिन्दा आक्रोशित हुँ

नेकपा सचिवालय बैठक १ बजे धुम्बाराहीमा, प्रधानमन्त्री ओली नजाने

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले जानकारी दियो। अध्यक्ष दाहालले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने जाने छैनन्। एपेन्डिसाइटिसको शल्यक्रियापछि ९ दिन अस्पताल बसेर बालुवाटार फर्किएका  प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण  सचिवालय बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक डाकेका छन्। सचिवालय बैठकको तयारी गर्न भनेर आइतबार बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सदस्य ईश्वर पोखरेललगायत नेताहरू प्रचण्डले खुमलटारमा बोलाएका थिए। नेता देवेन्द्र पौडेलका अनुसार पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्य नियुक्ति सचिवालयले गर्ने र त्यसअघिको गृहकार्य गर्न प्रचण्ड र सचिवालयका सदस्यहरूको बैठक बसेको हो। आजको बैठकमा मंसिर १४ गते भएको विभिन्न तहको उपनिर्वाचनको मतपरिणामबारे पनि समीक्षा हुनेछ। यसअघि मंसिर १८ गते बसेको सचिवालयले बैठकले उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा पठाउन पार

कोहलपुरमा प्रहरीको गोली लागेर दुई विद्यार्थी घाइते,

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको छ। उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए। उनका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। 'हेलिकप्टर फर्किएर आएर थप दुई जनालाई पनि काठमाडौं लैजाने तयारी छ,' उपाध्यायले भने। आइताबार दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएपछि कोहलपुरको अवस्था शान्त भएको उनले बताए। बिहान १० बजेदेखि दिउँसो तीनबजेसम्म भएको झडपमा परी झन्डै ४० जना घाइते भएका थिए। कोहलपुरका  प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १ दर्जन प्रहरी र २६ जना प्रदर्शनकारी घाइते भएका छन्। 'झन्डै ४० जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,' उपाध्यायले भने। घाइते भएकाहरूमध्ये प्रहरीलाई ढुंगामुढाबाट चोट लागेको छ भने प्रदर्शनकारीलाई रबरको गोली पनि लागेको छ। कोहलपुरमा भए