Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

सागमा कमलले बोक्ने भए नेपाली झण्डा

आइतबार दशरथ रंगशालामा उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको राष्ट्रिय झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। 
नेपाल ओलम्पिक कमिटीले कमलले झण्डा बोक्ने जनाएको हो। यसअघि १३औं सागको प्राविधिक समितिले भने राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गरेको थियो। 
क्रिकेट ‌ओलम्पिक खेल नभएकाले पारसको सट्टामा कमलको नाम पक्का गरिएको हो। 
काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ। 
Image may contain: text
दशौं सागका स्वर्ण विजेता कमलले दोस्रो पटक साग खेल्न लागेका हुन्। यसअघि कमलले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि  नेपालको झन्डा बोकेका थिए। 
सन् २००६ मा श्रीलंकामा आयोजना भएको दसौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक हासिल गर्दै उनले सनसनी मच्चाएका थिए। नेपाली सेनाका कमलले ६९ केजी तौल समूहमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए, साग गेम्सकै इतिहासमा।
त्यसयता उनले ओलम्पिकमा पनि भाग लिए। सन् २०१८ को जकर्ता एसियाडमा भाग लिँदा कमलले लगातार चौथो पटक प्रतिस्पर्धा गरेका थिए। 
दुई वर्षअघि दक्षिण कोरियाको इन्चोनमा एसियन सिनियर कप र एसियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपको नाममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो। यसमा सहभागी भएका उनले ६ वटा पदक (३–३ कास्य) जितेर अर्को कीर्तिमान बनाए। त्यतिबेला उनी ७७ केजीमा उत्रिएका थिए। कमलले ७७ केजी स्न्याचमा १ सय १७ र क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ५७ केजी तौल उठाए। 
साग गेम्समा स्वर्ण जित्ने एक्लो नेपाली खेलाडीको इतिहास बोकेका कमलले एसियाली स्तरको प्रतियोगितामा पदक जितेको पनि पहिलो थियो।
एक दशकअघि साग गेम्समा ऐतिहासिक पदक जितेपछि उनी एकाएक सेलिब्रिटी बनेका थिए। उनको बाल्यकालको कहानीले अखबारका पाना भरिए।
सानैदेखि गह्रौं कुरा उचाल्ने र भारी बोक्ने काममा छरितो थिए, कमल। उनले पढ्न भन्दा घरको काममा बढी ध्यान दिन्थे।
चितवनस्थित गीतानगरका कमल ०५४ सालमा नेपाली सेनामा भर्ना भए। त्यसको दुई वर्षमै जीवनले नयाँ मोड लियो। उनी त्रिभुवन आर्मी क्लबका लागि छनोट भए। गणमा असजिलो र गाह्रो सामान उचाल्ने काम पनि छिटो र सहज रुपमा गर्थे, कमल। 
त्यसैले त्रिभुवन आर्मी क्लबमा उनको नाम सिफारिस हुँदा उनलाई गणकै बलियो सिपाहीको उपमा दिइएको थियो।
तीन वर्षको नियमित प्रशिक्षणपछि कमलले २०५९ सालमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा ६२ केजी तौल समूहमा स्वर्ण जिते। त्यसयता उनले भाग लिएको राष्ट्रिय प्रतियोगितामा दोस्रो हुनुपरेको छैन, सधैं स्वर्ण हात पारेका छन्। 
कमलले सन् २००६ को साग गेम्सपछि दोहा एसियाडमा सहभागिता जनाए। उनले २०१० को चीनको ग्वान्झाउ र २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा गरी तीन वटा एसियाडमा भाग लिइसकेका छन्। 
सन् २०१० मा बंगलादेशमा आयोजना भएको साग गेम्समा आफ्नो सानो गल्तीका कारण पदक जित्नबाट चुकेका कमल २०१६ मा भारतमा भएको सागमा भने सहभागिता जनाउन पाएनन्। शान्ति सेनाको मिसनमा कंगो गएका कारण उनले भारतमा भएको साग गेम्स गुमाउनुपर्यो। 
सन् २००८ को बेइजिङ ओलम्पिकलाई उनी जीवनको अविस्मरणीय क्षण मान्छन्।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।