Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

मिर्गौला संवेदनशील अंग हो, कसरी जोगाउने?

मिर्गौला हाम्रो शरीरको निष्कासन प्रणालीसँग सम्बन्धित अंग हो। यसले शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ। यो एकदमै महत्वपूर्ण अंग हो। भगवानले हरेक मानिसलाई जन्मजात दुइटा मिर्गौला दिनुभएको हुन्छ।यिनीहरू पेटको पछाडिको भागमा हुन्छन्। मिर्गौला सिमी आकारका हुन्छन्।
मिर्गौलाको रोग कसरी लाग्छ?
कतिपय अवस्थामा मिर्गौलाका रोग जन्मजात हुन्छ। कोही उमेर बढ्दै जाँदा रोगी हुन्छन्। बच्चाहरूमा जन्मजात रूपमा एउटामात्रै मिर्गौला हुने, मिर्गौलाको रगतको नशा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा सिस्ट बन्नेलगायतका समस्या देखिन्छन्। पिसाब उम्लिएर गएर संक्रमण गराउने,पिसाबको थैली र नलीका रोगले पनि बच्चाको किड्नीलाई असर गरिरहेको हुन्छ।
वयष्क मान्छेमा मिर्गौलाको समस्या हुनुका प्रमुख दुई कारण उच्च रक्तचाप र मधुमेह हुन्। मिर्गौलामा रोग देखिने अन्य कारणमा मिर्गौलाको हुने पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटकलगायत छन्।  
मिर्गौलालाई स्वस्थ कसरी राख्ने?
बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। हरेक ६ महिना/१ वर्षमा रक्तचाप, क्रियाटिन, पिसाबको परीक्षण र अल्ट्रासाउण्ड (भिडियो एक्सरे)गर्नुपर्छ। यी सबै स्क्रिनङ परीक्षण हुन्। मिर्गौलाको रोग अरू रोगजस्तो सजिलै पत्ता लाग्दैन किनभने क्रियाटिन बढ्नलाई मिर्गौला ७० देखि ८० प्रतिशत बिग्रिनुपर्छ। त्यसैले पिसाब, रगत सबैको परीक्षण गरे मिर्गौला रोगलाई सुरूकै स्टेजमा पत्ता लगाउन सकिन्छ। उच्च रक्तचाप हुनेहरूले नियन्त्रण गर्नुपर्छ। सम्बन्धित फिजिसियनकहाँ गएर बेलाबेलामा परीक्षण गर्नुपर्छ। डाइविटिजका बिरामीले पनि खानामा ध्यान दिने अनि व्यायाम गर्नुपर्छ। रगतको नसा स्वस्थ राख्न कोलस्ट्रोल नियन्त्रण गर्न व्यायाम गर्नुपर्छ। धुमपान गर्नु हुँदैन। धुमपानले फोक्सोलाई मात्र असर गर्ने होइन,मिर्गौलामा जाने रगतको नशा पनि सुकाइदिन्छ। धुलो, धुँवा वातावरणीय प्रदुषणबाट मुक्त रहेर विष, लिड, मर्करीबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ।  प्रशस्त पानी पिउनु पनि महत्वपूर्ण छ। पानी धेरै पिउँदैमा मिर्गौला स्वस्थ हुन्छ भन्ने होइन। कुनै पनि ठाउँको मौसम अनुसार पानी पिउनु पर्छ। सामान्य रूपमा दैनिक दुईदेखि साढे दुई लिटर पिसाब बाहिर आउने गरी पानी पिउनु पर्छ। काठमाडौंलगायतका चिसो ठाउमा यो मात्राले पुग्छ भने तराईलगायतका अन्य क्षेत्रमा त्यही अनुपातमा पानी पिउनुपर्छ।
सजिलो भाषामा भन्ने हो भने मुटुलाई स्वस्थ जस्तो खानाले राख्छ त्यस्तै खाना खानुपर्छ। फलफूल हरियो सागसब्जीको मात्रा बढाउनु पर्छ। जसले रोग प्रतिरोधात्मक एन्टीअक्सिडेन्टको मात्रा बढाउँछ। रक्सी, चुरोट, ड्रग्सबाट सधैं टाढै रहनु पर्छ। सन्तुलित भोजन गर्नुपर्छ, जंक फुडलाई बन्द गर्नुपर्छ। खाडी राष्ट्रमा रोजगारीमा जानेले पानीभन्दा कोक, फेन्टा बढी खाने भएकाले त्यसको असर परेको छ। जंक फुड, जंक ड्रिंक्सले मिर्गौलालाई हानी गर्छ। सबैभन्दा राम्रो शुद्ध पानी पिउनु हो। कागती पानी, दही मोहीले मिर्गौलालाई फाइदा गर्छ। अत्याधिक व्यायामले पनि मिर्गौलालाई असर गर्न सक्छ। नियमित व्यायाम चाहिन्छ। वर्षमा एक पटक मसल च्यातिने गरि व्यायाम गरे त्यसले किड्नीलाई असर गर्छ। सन्तुलित व्यायाम गर्ने तर एक्कासी धेरै गर्ने होइन। कुनै पनि अतिले खति गर्छ। व्यायाम गर्नुस्, हरेक दिन गर्नुस् अथवा हप्ताको एक-दुई चोटी मिलाएर गर्नुस् तर एकै पटकमात्र धेरै गह्रौं व्यायाम नगर्नुस्।
मिर्गौला रोगका लक्षण
मिर्गौला रोगका कतिपय लक्षण दुखेर हुन्छ कतिलाई नदुखी पनि हुन्छ। पत्थरी रहेछ भने कोखा दुख्ने, पिसाबमा रगत जाने हुन्छ। यस्तो बेलामा पिसाबमा रगत जाने र उल्टी हुन सक्छ। तर धेरैजसो 'साइलेन्ट ड्यामेज' हुन्छ। यस्तो भए अत्याधिक टाउको दुख्छ। उच्च रक्तचापले टाउको दुख्छ भने त्यहाँ भएको युरियालगायत पानी सोडियमले गर्दा उल्टी हुने हुन्छ। त्यसपछि अनुहार, आँखाका कोषिका, गोडा, अण्डकोषको छाला सुन्निने हुन्छ। कतिपयलाई छाती दुख्ने अनि स्याँ..स्याँ... हुने हुन्छ। शरीर पहेँलो हुँदै आउँछ। यी सबै धेरै बिग्रिसकेपछि देखिने लक्षण हुन्। सुरुवाती चरणमा त केही थाहा हुँदैन। मिर्गौला ७०/८० प्रतिशत बिग्रिएपछि मात्रै लक्षण देखिन्छ। पिसाबको रङ परिवर्तन हुनु, पिसाब धेरै गन्हाउनु पनि मिर्गौला रोगकै लक्षण हुन्।
मिर्गौला रोगको उपचार
यो रोगका विभिन्न चरणहरु हुन्छन्। रिस्कमा पर्नु, चोट लाग्नु, मिर्गौला फेल, मिर्गौलाको काम गर्ने क्षमताको ह्रास र 'इन्डिस्टेच' गरी पाँच वटा चरण छन्। यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। दुइटै किड्नी अथवा पिसाबको नलीमा पत्थरी पर्यो, ट्युमर देखियो भने त्यसलाई फाल्नुपर्छ। यो पनि उपचारको एउटा पद्धती नै हो। ट्युमर छ भने त्यसलाई निकाल्नुपर्छ। पिसाब उम्लेर गएको छ भने त्यसलाई नउम्लिने बनाइदिनुपर्छ। उपचार गर्न मिल्ने कारणहरूको उपचार गर्ने हो। सुगर, प्रेसर नियन्त्रणमा राख्ने हो। जथाभावी नदुख्ने औषधीहरु खानु हुँदैन। पानी ठिक्क मात्रामा पिउनु पर्छ। सन्तुलित रूपमा प्रोटिन मिसिएका खाना खानुपर्छ। अण्डा, माछा, मासु सबै खान हुन्छ तर 'डाइटिसियन'को सल्लाहमा।  सुरूवाती चरणमा यसरी नियन्त्रण गर्न सकिए पनि अन्तिमा अवस्थामा पुगेपछि भने डायलासिस वा मिर्गौलाको प्रत्यारोपणमा जानुपर्छ।  
(उपप्राध्यापक डाक्टर भोजराज लुइँटेल त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा कार्यरत छन्।)

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।