Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

नर्सिङ, फार्मेसीमा लिएको बढी शुल्क मेडिकल कलेजले किन फिर्ता नगर्ने?’

शिक्षा मन्त्रालयले एमबिबिएस र बिडिएसमा उठाइएको गैरकानुनी शुल्क समायोजन निर्णय गरे पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन्।
मन्त्रालय र मेडिकल कलेजबीच मंगलबार भएको वार्तामा मेडिकल कलेज सञ्चालक गैरकानुनी शुल्क समायोजन गर्न तयार भएका थिए। तर, दुई पक्षबीच भएको उक्त सहमति अमूर्त भएको भन्दै विद्यार्थीले स्पष्ट नभइकन आन्दोलन नरोक्ने भएका छन्।
सहमतिमा एमबिबिएस र बिडिएस पहिलो र दोस्रो वर्षमा उठाइएको शुल्क समायोजन गर्ने उल्लेख छ। तर, समायोजन गर्ने भनेको शुल्क कुन शीर्षकको हो भन्ने खुलाइएको छैन।
एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको शुल्कबारे सहमति उल्लेख नभएको विद्यार्थी बताउँछन्।
‘एमबिबिएस पहिलो र दोस्रो वर्षमा विभिन्न शीर्षक दिएर गैरकानुनी शुल्क उठाइएको छ। कुन-कुन शीर्षकको फिर्ता गर्ने भन्ने चाहिँ सहमतिमा उल्लेख छैन,’ चिकित्सा शिक्षा संघर्ष समिति सदस्य मान्यता थापाले भनिन्, ‘एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको शुल्कबारे केही उल्लेख छैन,’ थापाले यस्तो ‘अमूर्त’ सहमतिले आन्दोलन नरोकिने बताइन्।
उनका अनुसार एमबिबिएस पहिलो र दोस्रो वर्षमा मेडिकल कलेजले ६ लाख २५ हजारसम्म तोकेरै गैरकानुनी शुल्क उठाएका छन्।
त्योमध्ये कति समायोजन हुने भन्ने विषय उठान नगरिएकाले ‘छल्न’का लागि मात्रै सहमति गरिएको देखिएको थापाले आरोप लगाइन्।
शिक्षा मन्त्रालयले गैरकानुनी शुल्क समायोजन गर्ने छलफलमा विद्यार्थीलाई बोलाएको थिएन।

मेडिकल कलेज सञ्चालक र मन्त्रालयबीच मात्रै छलफल भएको थियो। ‘जसलाई पीडा परेको छ, उससँग कुरै नगरिकन कसरी शुल्क समायोजनको निर्णय भयो, हामीले आफ्नो कुरा राख्नै नपाउने हो र?,’ थापाले भनिन्।
चिकित्सा शिक्षामा एमबिबिएस र बिडिएसको शुल्कको मात्र कुरा छैन। नर्सिङ, बिपिएच, फार्मेसी, बिएमआइटी, बिएमएलटीलगायत संकाय छन्।
ती संकायमा पनि गैरकानुनी शुल्क उठाइने गरेको विद्यार्थी बताउँछन्।
तर, सहमतिमा ती संकायमा उठाइएको शुल्कबारे केही उल्लेख नभएको थापाले बताइन्।
कारबाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज शुल्क समायोजन गर्न तयार भए पनि विद्यार्थीले अन्य तेस्रो, चौथो वर्षमा उठाइएको शुल्कको बारेमा मौन रहन नमिल्ने संघर्ष समितिको भनाइ छ।
मंगलबार मन्त्रालय र निजी मेडिकल कलेज सञ्चालकबीच शुल्क समायोजन गर्ने सहमति भएको थियो। तर, सहमतिमा नर्सिङ, फार्मेसी, बिपिएच, बिएमआइटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषय नसमेटिएकाले आन्दोलन जारी राखेको संघर्ष समितिले जनाएको छ।
यी संकायमा विश्वविद्यालयले आफूले शुल्क तोकेको छ। तर, कार्यान्वयन छ/छैन अनुगमन गरेको छैन।
मंगलबारको सहमतिमा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको थियो। २०७२/०७३ र २०७३/०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने उल्लेख थियो।
यता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले भने एमबिबिएस र बिडिएसमा उठाइएको गैरकानुनी शुल्क फिर्ता भएरै छाड्ने बताए।
उनले शिक्षण र होस्टल शुल्कबाहेकका शीर्षकमा लिइएको सबै रकम मेडिकल कलेजले फिर्ता दिने बताए।
‘एमबिबिएस र बिडिएसमा सरकारले स्पष्ट तरिकाले शुल्क तोकेका कारण यहाँ उठाइएको बढी शुल्कको इस्यू उठेको छ, यो समाधानको बाटोतर्फ छ,’ बाँस्कोटाले भने, ‘तर, अन्य संकायमा सरकारले शुल्क तोकेको छैन, विश्वविद्यालयले तोकेको शुल्कमा कति बढी लिइएको छ भन्ने कुरा बाहिर आएको पनि छैन।’ सरकारले कारबाही गर्ने चेतावनी दिएपछि निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न तयार भएका थिए।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने अहिले विद्यार्थीले उठाइरहेका सबै गुनासो सम्बोधनका लागि अनुगमन गरी पहिचान र समाधान मन्त्रालयले गर्ने बताए।
उनले मेडिकल कलेजले गैरकानुनी शुल्क फिर्ता गर्न थालिसकेकाले सो प्रक्रियामा विद्यार्थी आउनुपर्ने बताए।
विद्यार्थीसँग कुराकानी नगरिएको विषयमा उनले भने, ‘हरेक आन्दोलनकारी विद्यार्थीलाई मन्त्रीले भेटेर वार्ता गर्न भ्याउँदैन। यो विश्वविद्यालयले गर्ने कुरा हो। जहाँसम्म अन्य संकायका गैरकानुनी शुल्कका छन्, अनुगमन गरेर यथार्थ पत्ता लगाइन्छ।’

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।