Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

के-पप स्टारको चमकधमकमा लुकेको अँध्यारो कथा



के–पप (कोरियाली) चर्चित गायिका सुल्लीले गत महिना आत्महत्या गरिन्।
सुल्लीको मृत्युमा उनकी साथी तथा ब्यान्डकी सदस्य गू हाराले लाइभ भिडियोमार्फत् विदाइ गर्दै भनेकी थिइन्- उनले आफ्ना इच्छाअनुसारका गीत स्वर्गमा पनि सुनाउँछिन् होला!
गायिका हाराले थप भनेकी थिइन्, 'अब म दोब्बर मिहिनेत गर्नेछु। मेरा फ्यानहरू मेरोबारे चिन्तित नहुनुस्। यो दुःखबाट म चाँडै निस्कन्छु।'
तर हाराले आफ्ना फ्यानसँग गरेको बाचा झुटो सावित भयो।

सुल्लीले आत्महत्या गरेको ६ सातापछि हाराको पनि त्यस्तै खबर बाहिरियो। राजधानी सिओलस्थित घरमा आइतबार उनको मृत शरीर फेला पर्‍यो।
सिओल नगरपालिका प्रहरी लि–योंग–प्योका अनुसार आइतबार हाराको घरमा काम गर्नेले शव देखेकी थिइन्। प्रहरीले हाराको घरमा नोट पनि भेटेका थिए जसमा उनले आफ्नो नैराश्यता अभिव्यक्त गरेकी छन्। सिओल अस्पतालमा राखिएको उनको शरीरलाई फ्यानहरूले घेरेका थिए।
के–पपका संसारभर प्रशंसक छन्। यिनका गीतमा छुट्टै किसिमको फ्युजन, भिडियो कला, फेसनका लुगा र नाच छ। संसारभर छोटो समयमै लोकप्रिय गायिकाको लगालग आत्महत्याले फ्यान तथा मनोविदहरूलाई सोच्न बाध्य बनाएको छ।
आखिर किन निराश हुँदैछन् हिट सेलेब्रेटीहरू?

मनोरञ्जन उद्योगका विज्ञहरूले पहिल्यैदेखि चर्चाको अँध्यारो पक्षबारे चेतावनी दिँदै आएका छन्। उनीहरूका अनुसार के-पप स्टारको चहकिलो रौनकका पछाडि अँध्यारो कथा लुकेको छ।
गू हारा
के-पप स्टार किशोर अवस्थामै सुन्दर अनुहार र नाचका कारण चर्चामा आउँछन्। करिब ३० वर्ष हाराहारी पुग्दासम्म उनीहरूको चमक घटिसकेको हुन्छ। नयाँ अनुहारले उनीहरूलाई प्रतिस्थापन गरिसक्छ र उनीहरू यो क्षेत्रमा पुराना हुन्छन्। ग्ल्यामर दुनियाँको सबभन्दा सामान्य नियम पनि हो। 
तर यसले कोरियामा धेरै प्रभाव पारेको छ जहाँ कलिलो उमेरमै 'सुपरस्टार' बन्नेहरू धेरै छन्। अलि उमेर हुँदै जाँदा कोही एकल गायन, कलाकारिता वा टिभी कार्यक्रममा देखिने प्रयास गर्छन्। तर यो समय उनीहरूका लागि निकै कठिन हुन्छ जसमा थोरैले मात्र सफलता पाउँछन्। आफ्नो झिलीमिली संसार अँध्यारोतर्फ धकेलिँदै गर्दा उनीहरूमा नैरश्यता आउँछ। 
अर्को कारण सामाजिक सञ्जाल र फ्यानहरूको प्रतिक्रिया हो। युट्युब, इन्स्टाग्राम, ट्विटर लगायत समाजिक सञ्जालमा फ्यानहरूले सजिलै प्रतिक्रिया दिनसक्छन्। यसमा सकारात्मकदेखि गालीगलौज र अनुहार–गायनलाई गिज्याइन्छ पनि। यसले के-पप स्टारलाई संसारका अरू देशकालाई भन्दा चाँडो असर पार्छ।
'उनीहरूले सानैदेखि मेकानिक जस्तो जीवन बाँचेका हुन्छन्,' एक दक्षिण कोरियाली पत्रकारले भने, 'उनीहरूले साधारण स्कुल वा सामाजिक जीवन बिताउनै पाउँदैनन्।'
'जसरी नाटकीय ढंगमा चर्चामा चुलिन्छन्, त्यसैगरी पतन हुनसक्छ। उनीहरूको पेसा नै मानसिक समस्याको कारक बन्छ। सामाजिक सञ्जालमा यति जेलिइसकेका हुन्छन्, जीवनबारे नकरात्मक खबर तारन्तार आउँछ। र त्यसलाई सबैले सामना गर्न सक्दैनन्।'
कोरियाली स्टारहरू समाजमा सामान्यतया देखिने वा सुनिने प्रतिक्रियाभन्दा बढी सामाजिक सञ्जालकै प्रतिक्रियामा चलिरहेका हुन्छन्। मान्छे व्यस्त छन्। समाज कस्तोसम्म हुन सक्छ भन्ने उनीहरूले देख्न-बुझ्न नपाउँदै सबैको आँखामा परिसक्छन्। कलिलैमा आफ्नो अनुहारदेखि लुगा, कला र व्यवहारसम्मले फ्यानहरूको चित्त बुझाउनुपर्ने दबाब सिर्जना हुन्छ। जुन दिन यी सबै व्यवस्थापन हुँदैन, फ्यानको आक्रोश बढ्छ। कलाकारमा नैरश्यता!
के-पप सेलेब्रेटी सुल्ली र हाराको आत्महत्या पहिलो होइन। सन् २०१७ मा सुल्ली के–पप गायक किम–जोंग–ह्योनको अन्तिम संस्कारमा पुगेकी थिइन्। २७ वर्षीय किमले पनि डिप्रेसनकै कारण आत्महत्या गरेका थिए।
A memorial outside a hospital in Seoul in 2017 for Kim Jong-hyun, who was part of the K-pop group SHINee.
गायक किम–जोंग–ह्योन
२५ वर्षीय सुल्लीको आत्महत्याको कारण पनि डिप्रेसन नै हो। पछिल्लो समय उनी 'नो ब्रा' (ब्रा नलगाउने) अभियानमा सक्रिय थिइन्। तर यो सक्रियतासँगै सामाजिक सञ्जालमा आएका नकरात्मक टिप्पणीको सामना उनले गर्न सकिनन्।
उता २८ वर्षीय हारा पनि सामाजिक सञ्जालका नकारात्मक प्रतिक्रियाले आजित थिइन्। आफ्नो अनुहारको शल्यक्रिया गरेपछि उनीमाथि गालीगलौज आउन थालेको थियो। हेयर–डिजाइनर प्रेमीसँग सम्बन्ध विच्छेद भएपछि उनको स्थिति झनै खराब बनेको थियो। उनीहरूबीचको शारिरीक सम्बन्धको भिडियो सार्वजनिक भएको हल्ला पनि फैलियो। 
हाराका पूर्व–प्रेमीले उनलाई शारीरिक सम्बन्धको भिडियो सार्वजनिक गर्ने बताउँदै बारम्बार सताइरहेका थिए। ती प्रेमीलाई साढे एक वर्षको जेल सजाय पनि सुनाइएको थियो। तर पछि अदालतले उनलाई जेल मुक्त गर्‍यो। कोरियाली प्रधानमन्त्री मुन–जेइ–इनको कार्यालयमा आएका अनलाइन निवेदनमा यौन दुर्व्यवहार गर्नेलाई सजाय माग गर्नेको संख्या नै २ लाख १७ हजारभन्दा बढी छ।
आफ्ना जीवनका पाटाबारे आएका नकारात्मक टिप्पणीहरू गायिका हाराले सकेसम्म सहने प्रयास गरेकी थिइन्।
'म यस्ता क्रुर कमेन्टलाई उदार रुपमा लिने छैन,' उनले इन्स्टाग्राममार्फत भनेकी थिइन्।
आफ्नो मानसिक स्वास्थ्यबारे गुनासो गर्दै उनले कहिलेकाँही आफ्ना आलोचकलाई त्यसो नगर्न बिन्ती पनि गर्थिन्।
'यहाँ कोही पनि राम्रा मान्छे छैनन् जसले हामीजस्ता मानसिक पीडितलाई सहायता गरोस्,' उनले बिन्ती गर्दै भनेकी थिइन्, 'मजस्ता मनोरञ्जनकर्ताहरूको जीवन सहज छैन। हाम्रो निजी जीवन पनि हुँदैन जहाँ हाम्रो पीडा परिवार वा साथीभाइलाई सुनाउन सकौं। तपाईं कस्तो मान्छे हो भन्ने यस्ता आलोचना गर्नुअघि आफैंलाई सोध्नुस् त।'
हाराले अन्तिमपटक इन्स्टाग्राममा खाटमा पल्टिरहेको तस्बिर राख्दै लेखेकी थिइन्, 'राम्ररी निदाऊ।'
सुल्लीको मृत्युबेला आफू हार नखाने बताएकी हारा पनि नैरश्यतासँग हारिन्।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।