Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

गाडी साहुले ‘अलि छिटो जाउँ’ भन्दा अर्घाखाँची बस दुर्घटना



सन्धिखर्क नगरपालिका घुम्तिकी २३ वर्षिय सपना कुँवरको घरमा तीन वर्षिय छोरा रिजन कुवँरको पुतबढाईको तयारी हुँदै थियो।
श्रीमान्ले काठमाडौंको एक होटलमा काम गर्ने भएका कारण घरमा सासु ससुरालाई अरु तयारी गर्न लगाएर उनी छोराको पुत बढाईको लागि पाठो किन्न भन्दै बुधबार दिउँसो घुम्ती नजिकैबाट नरपानी हिंडेकी थिइन्।
दिउँसो साढे १ बजे सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु २ ख २१४८ बस घुम्ती आउँदा सवा दुई जस्तै भएको थियो। सपना त्यही बसमा घुम्तीबाट नरपानी जानको लागि तीनवर्षिय छोरा र सातवर्षिय भान्जीको साथमा चढेकी थिइन्।
मंगलबारदेखि गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानीदेखि घुम्तीसम्मको सडक चौडा गर्ने र मोडहरु कटिङ गर्ने काम शुरु गरिएको थियो। सोही कामको लागि १० मंसिर २० गनेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा सवारी साधन रोकिन शुरु गरिएको थियो।

बुधबार पनि सवा दुई बजेतिर घुम्ती आइपुगेको उक्त बस चारबजेसम्म त्यही रोकियो। दुई घण्टा बाटोमै रोकिएको बस चारबजे घुम्तीबाट बुटवलको लागि अगाडि बढ्‍यो।
गाडीको पछाडी सिटमा सपना छोरासँगै खेल्दै थिइन्। दुई घण्टा रोकिएको बस अगाडि बढेको दुई मिनेट मात्र भएको थियो नरपानी बजार नजिकै कालाखोलामा आइपुगेको बस एक्कासी ढल्फलिंदै सडकको तलतिर भल्र्याङ मार्‍यो।
बसले भिरमा तिनचार भल्र्याङ मार्दासम्म छोरालाई काखमै च्यापेकी सपनाले छोरा कतिबेला हातबाट छुट्यो पत्तो पाइनन्। बससँगै भल्र्याङ मार्दै तल भिरमा झरेकी सपना उछिट्टिएर झाडीमा झरिन्।
होसमा आउँदा दुवै हात नचल्ने, टाउको र घुँडामा चोट लागेको अवस्थामा झाडी भित्र थिइन्। केही बेर जंगलको झाडीमै चिच्चाइन्। केही बेर चिच्चाएपछि उनको आवाज सुनेर उद्धार टोलीले उद्धार गर्यो।
सँगै सिटमा बसेकी सपनाकी आठवर्षकी भान्जीको कुनै पत्तो छैन, आमा छोरा घाइते छन्।
त्यस्तै अर्घाखाँचीको छत्रदेव गाउंपालिका ७ ढिकुराका १९ वर्षिय लोकनाथ पाण्डे गोरुसिंगे आउन सवा १ बजे सन्धिखर्कबाट गाडी चढेका थिए।
दुई घण्टा बाटोमा रोकिएर गाडी अगाडि बढेको दुई मिनेट मात्र के भएको थियो गाडी सडकको डिलतर्फ चेपिदै गयो। सिधा र खाली सडकमा चालकले डिलतर्फ गाडीलाई चेप्दै लगेको एक्कासी देखेका उनले केहि बोल्नै नपाउँदै गाडी पल्टिहाल्यो।
'सात भल्र्याङ सम्म त गनेको थिएँ त्यसपछि के के भयो थाहा नै भएन, होसमा आउँदा प्रहरीले माथि ल्याउँदै थिए', बुटवल चौराह अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका लोकनाथले भने।
देब्रे हातमा चोट लागेका लोकनाथ घटनास्थलमा देखिएको दृश्यले विक्षिप्त भएको बताउँछन् ।
'भिरभरी घाइतेहरु चिच्चाइरहेका थिए, तल हेर्न सकिने अवस्था थिएन, गाडी टुक्राटुक्रा भएर धेरै तल खोल्सामा पुगेको थियो, भिरभरी विभत्स अवस्थामा क्षतविक्षत शवहरु छरिएको थिए', उनले सेतोपाटीसँग भने।
गाडी चालकले सिमित गतिमै जान भनेपनि गाडी धनीले अलि छिटो जाम भन्दै स्पीड लिन खोज्दा गाडी अनियन्त्रित भएको हुनसक्ने उनी बताउँछन्। घुम्तीमा दुई घण्टा रोकिएको गाडीलाई गति बढाएर समयमै बुटवल पुर्‍याउने योजनामा गाडी धनी रहेको उनी बताउँछन् ।
'गाडीको साहुले अली स्पीड जाम भोलि फेरी यहाँ फर्किन सकिन्न भनेका थिए, त्यसपछि चालकले स्पीड लिंदा के भयो खोई गाडी बाटोबाट तल झर्यो।'
यस्तै बुटवलमा बसी अटो रिक्सा चलाउँदै आएका विष्णु बहादुर अधिकारी वांङला देखि बुटवल आउँदै थिए। सन्धिखर्कमा गाडी चढ्दा सिटभरी देखिन्थे। गाडीमा सिट बाहेक यात्रु चढेका पनि थिएनन्। उनी क्याबिन भन्दा बाहिर बसे।
गाडीमा कहिले आँखा बन्द गर्दै त कहिले खोल्दै यात्रा गरेका विष्णुले आँखा खोलेका  के थिए गाडीको चक्काले पुरै सडक छोडेको देखे। ढोका नजिकै बसेको भएर होला उनी गाडी धेरै तल नजादै भिरमा खसे।
ढाड र खुट्टामा सामान्य चोट लागेपनि  विष्णु बहादुर अधिकारी १९ जनाको ज्यान जाने गरी भएको विभत्स दुर्घटनामा भाग्यले बाँचे।
सडक खाली र सिधा भएपनि भौगोलिक रुपमा अत्यन्त अप्ठ्यारो रहेको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी कालाखोलामा भएको दुर्घटनामा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। दिउँसो चारबजेतिर भएको उक्त दुर्घटनामा १८ जनाको घटनास्थलमै र गाडी धनी सन्तोष बस्नेतको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि १२ जना घाइते भएका छन्। घाइतेमध्ये साढे दुई वर्षका स्पर्श पोखरेल वर्ष १ को गणेश पुरी पनि रहेका छन्।
घाइते मध्ये केहीको अवस्था गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
घटनास्थल नरपानी बजार नजिकै रहेपनि अत्यन्त भिर र अप्ठ्यारो रहेको कारण उद्धार कार्यका लागि असहज भएको थियो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले साँझ सातबजेसम्म उद्धार गरिरहेका  थिए। सडक तल भीर र जंगल भएकाले रातीसम्म नै अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक सुवेदीले बताए।
बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ। ठूलो जनधनको क्षति हुनेगरि भएको विभत्स दुर्घटनापछि अर्घाखाँची जिल्ला शोकमा परेको छ। अर्घाखाँची उद्योग बाणिज्य संघका अनुसार बिहीवार एक दिन मृतकहरुको शोकमा सन्धिखर्क तथा चुत्रावेसी लगायतका जिल्लाका बजार बन्द गरिने भएको छ।
बुधबारको दुर्घटना पछिल्लो ५ वर्ष यताको सबैभन्दा ठूलो र विभत्स रहेको प्रहरीले जनाएको छ।
नरपानी क्षेत्रमा यसअघि थुप्रैले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन्।
यसअघि २०७१ साल वैशाख १७ गते बस र ट्रक ठक्कर खाँदा पनि १९ जनाको मृत्यु भएको थियो। ४५ जना घाइते भएका थिए।
यस्तै २०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना हुँदा १७ जनाको मृत्युको भएको थियो। २०६९ श्रावण ८ गते नरपानी दहखोलामा फोर्स जिप दुर्घटना १५ जनाको मृत्यु भएको थियो।
२०७० पुस २२ गते फुद्बांग बजार नजिकै  बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो।
२०७० पौष १६ गते ट्याक्टर दुर्घटना हुँदा नरपानी ५ जगतामा, हरि बहादुर खड्काको मृत्यु भएको थियो।
२०७२ साल फाल्गुन ३ गते नरपानी नजिक खाँचीकोटको बाघमारामा कार  दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। 
२०७२ साल फाल्गुन २२ गते नरपानीको रातामाटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने २०७४ कार्तिक ६ गते नरपानी मुनी ढाडखोला नजिकै जीप दुर्घटना हुँदा १ जनाको मृत्यु र ८ जना घाइते भएका थिए।
 २०७६ साल असौज २० गते स्कारर्पियो जिप नरपानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने २०७६ कार्तिक २० गते नरपानीको दहखोलामा कार दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको थियो।

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।