Skip to main content

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय

संसारकै सुपर मोडल बन्न चाहन्छु

                      अञ्जली लामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा। तस्बिर: नारायण महर्जन/सेतोपाटी
म नुवाकोटको विकट गाउँमा जन्मेँ, किसान परिवारमा। मेरो जन्म केटाको रूपमा भएको थियो। मभन्दा माथि चार जना दाजु छन्। मुनि दुई बहिनी। म पाँचौं सन्तान।
हाम्रो परिवारमा खेतीपाती नगरी खान पुग्दैन थियो। आमाबुबासहित नौ जनाको परिवार पाल्न सबै खाले काम गर्नुपर्थ्यो। घाँस काट्ने, गाईभैंसीको गोबर सोहोर्ने, गोठालो जानेजस्ता काम सामान्य थिए। म यी सबै काम गर्दै हुर्कें। भविष्यमा फेरि यस्ता काम गर्नुपर्‍यो भने मलाई कुनै अप्ठ्यारो हुँदैन।
मान्छेको जीवनमा सबै काम सोचेजस्तो नहुन सक्छ। परिआए जे पनि गर्नुपर्छ। जस्तोसुकै समस्या डटेर सामना गर्नुपर्छ।
मलाई सानैदेखि साथीहरू 'यसको त चालामाला केटीजस्तो छ' भनेर जिस्क्याउँथे। हिँडाइ पनि केटीजस्तो छ भन्थे, बोलाइ पनि। जीउ पनि काटीकुटी केटीजस्तै छ भनेर उल्याउँथे। मलाई रिस उठ्थ्यो। चित्त दुख्थ्यो।
मलाई पनि केटाभन्दा केटी साथीहरू नै मनपर्थ्यो। केटीहरूसँगै हिँड्न र बोल्न रुचाउँथेँ। साथीहरूको जिस्काइले मानसिक रूपमा धेरै तनाव हुन्थ्यो। यही तनावले मैले पढाइमा ध्यान दिन सकिनँ। एसएलसी पनि दोस्रोपटकमा पास भएँ।
एसएलसीपछि काठमाडौं आएँ। सहर आएपछि जिस्क्याइ कम हुन्छ कि भन्ने लागेको थियो, कहाँ पाएर कम हुनु! यहाँ त गाउँमा भन्दा धेरै जिस्काउँथे। नानाथरिका शब्द प्रयोग गर्थे। त्यस्ता शब्द मैले काठमाडौं आएपछि मात्र थाहा पाएँ। बरू गाउँमा त्यस्तरी होच्याएको थाहा थिएन। सहरका मान्छे सभ्य, बुझेको, मिलनसार होलान् भन्ने सोचेको थिएँ, होइन रहेछ।
यहाँ आएपछि मैले झन् बढी मानसिक तनाव झेल्नुपर्यो। झन् खुल्न गाह्रो भयो। अप्ठ्यारो लाग्यो। केही काम नपाएपछि होटलमा भाडा माझ्न थालेँ। यो सन् २००५ को कुरा हो। महिनाको पाँच सय रुपैयाँ पारिश्रमिक पाउँथेँ। त्यति पाउँदा पनि मिहिनेत गरेर कमाएको हुँदा कत्ति खुसी लाग्थ्यो।
केही वर्षअघिसम्म मलाई यो कुरा भन्न अप्ठ्यारो लाग्थ्यो। भाँडा माझ्ने पो रहेछ भनेर हेप्छ जस्तो लाग्थ्यो। अहिले त्यस्तो लाग्दैन। हामीले सानो सानो काम गरेर नै आफूलाई प्रमाणित गर्नुपर्ने रहेछ। सानो सानो कामबाट नै ठूलो पाठ सिक्नुपर्ने रहेछ।
अहिले यहाँ उभिएर हिजो मैले भाँडा माझेको थिएँ भन्न मलाई कुनै लाज, सरम र अप्ठ्यारो लाग्दैन। बरू आफूले गरेको काममा गर्व लाग्छ। म अहिले मानसिक रूपमा बलियो भैसकेको छु।
त्यति बेला होटलमा काम गर्दा र कलेज जाँदा पनि धेरै तनाव हुन्थ्यो। त्यही संघर्षबीच 'ब्लु डाइमन्ड सोसाइटी' को सम्पर्कमा आएँ। त्यसपछि बल्ल मैले आफू 'ट्रान्सजेन्डर' भएको थाहा पाएँ। मैले घरपरिवारसँग आफ्नो कुरा राखेँ। कसैले पनि मान्न तयार हुनुभएन। बरू मेरो घरपरिवार, समाज, साथीभाइ र गाउँसँग सम्पर्क टुट्यो।
तै पनि मैले हार खाइनँ। काठमाडौंमा जसोतसो संघर्ष गरिरहेँ।
त्यो समय मैले आफू मोडल वा सुपर मोडल बन्छु भन्ने कहिल्यै सोचेको थिइनँ। कुनै अवार्ड जित्छु, देश–विदेश घुम्छु, हजारौं मान्छेका अगाडि यसरी उभिन्छु भन्ने त दिमागमा कल्पना पनि थिएन।
काठमाडौं आएर थुप्रै समस्या भोग्नुपरे पनि यहाँ मेरो निम्ति अवसरका ढोका खुल्दै गए। यहाँ मलाई जिस्क्याउनेहरू त थिए, त्योभन्दा बढी मैले साथ दिने साथीभाइहरू पाएँ। उनीहरूकै सहयोगले मलाई अगाडि बढ्न प्रेरित गर्‍यो। मलाई फेसन र मोडलिङको ज्ञान भयो।
धेरैले 'तिम्रो फिगर कस्तो राम्रो, तिमी त मोडल हुनुपर्छ' भन्थे। धेरैको मुखबाट यस्तै प्रतिक्रिया सुनेर मलाई मोडल भनेको के हो, कसरी गर्ने भन्ने जिज्ञासा भयो। मैले यसबारे बुझ्न थालेँ। साथीभाइले मद्दत गरे। र, सन् २००९ बाट मैले काम सुरू गरेँ।
आज फर्केर हेर्दा मलाई नेपालमा 'ट्रान्सजेन्डर' भएर जन्मिन पाएकोमा खुसी लाग्छ। यहाँ हामीलाई अपराधीको दर्जामा राखिएको छैन। मान्छेले नबुझेर अपमान गरे पनि राज्यले अपराधी ठहर्‍याएको छैन।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाजस्ता दक्षिणी एसियाली देशमा हाम्रो समुदायलाई सिधै अपराधी बनाइन्छ। कुटपिटदेखि हिंसामा पारिन्छ। समाजले स्विकार्दैन। यस आधारमा नेपालमा जन्मिनु हाम्रो भाग्य हो।
नेपाल सरकारले एउटै विषयमा हामीलाई अन्याय गरेजस्तो लाग्छ। हामीजस्तो 'एलजिबिटिआई' समुदायले आफ्नो पहिचानको नागरिकता लिन मेडिकल प्रमाण ल्याउनुपर्छ भन्ने प्रावधान ल्याएको छ। यो अन्याय हो। मेडिकल प्रमाणित गर्न कम्तिमा १० लाख खर्च लाग्छ। मजस्तो व्यक्ति, जसलाई परिवारले पनि स्विकार्दैन, उसले १० लाख कहाँबाट ल्याउने?
पुरुषका रूपमा जन्मिएका साथीहरू महिलाको रूपमा प्रस्तुत भएपछि आफ्नो लिंग छुट्टयाउन चाहन्नँ भन्नुभयो भने त्यो उहाँहरूको अधिकारको कुरा हुन्छ। जबर्जस्ती गर्न मिल्दैन। सरकारले यो कुरा मनन् गरोस्।
मैले करिअर सुरु गरेदेखि अहिलेसम्म धेरै व्यक्ति र संस्थाहरूको सहयोग पाएको छु। जीवनमा सबैको साथ भए राम्रो, तर अप्ठ्यारो पर्दा, बाटो अलमलिँदा एउटा हात मात्रै पनि काफी हुन्छ। एउटा अवसरले नै कायाकल्प हुन सक्छ। म आफैं त्यसको उदाहरण हुँ।
'वाउ म्यागजिन' ले त्यति बेला मलाई स्थान नदिएको भए म अहिले यहाँ हुँदिन थिएँ। अरू नै पेसामा हुन्थेँ होला।
साइबर संसार, जयन सुब्बा मानन्धर, लेस लिम्बू, माल्भिका सुब्बा, मिसु श्रेष्ठ, ब्लु डाइमन्ड सोसाइटी लगायत व्यक्ति र संस्थाहरू सबै धन्यवादका पात्र हुन्।
सन् २००९ देखि २०१६ सम्म मैले नेपालमै बसेर काम गरेँ। यस क्रममा धेरै साथीहरूले 'तिमी किन नेपालमा मात्र काम गर्छौ, बाहिरतिर किन प्रयास गर्दैनौ' भन्थे। प्रतिभा भएको मान्छेले संसारभरि आफ्नो स्थान खोज्नुपर्छ भनेर हौसला दिन्थे। मलाई पनि बाहिर गएर काम गर्ने मन नभएको होइन। न्यूयोर्क, बेलायत, फ्रान्स सबैतिर गएर फेसन शोमा भाग लिन मन थियो। तर, मसँग पैसा र पहुँच थिएन।
त्यति बेला अरू ठाउँ नभए पनि भारतको मुम्बई गएर त प्रयास गर्न सक्छु भनेर सोचेँ। सबभन्दा पहिले 'ल्याक्मे फेसन शो' मा प्रयास गरेँ। २०१६ मा टप-२० सम्म पुगेँ। त्यसपछि बाहिरिएँ। दोस्रोपटक पनि गएँ, भएन।
मैले लगभग हरेस खाइसकेको थिएँ। तै पनि मनमा आस बाँकी थियो। २०१६ को अन्त्यमा यहाँको सबै काम छाडेर मुम्बई नै जाने निधो गरेँ।
त्यो मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो। मुम्बईमा मेरो कोही थिएन। पैसा पनि थिएन। नचिनेको ठाउँ, त्यसमाथि अर्काको देश, जहाँ मजस्तालाई अपराधी सरह व्यवहार गरिन्छ भन्ने जान्दाजान्दै म मुम्बई पुगेँ।
त्यहाँ बस्न निकै गाह्रो रहेछ। घर खोज्न पनि 'ब्रोकर' मार्फत् जानुपर्ने। अग्रिम भुक्तानी दिनुपर्ने। त्यति गरिसकेपछि पनि 'ट्रान्सजेन्डर' हो भन्ने थाहा पाएपछि घर नदिने। पहिलो चुनौती नै यही भयो।
नेपालमा त पैसा तिरेपछि केही हदसम्म समस्या समाधान हुन्छ। उता त्यस्तो छैन। अहिले मुम्बईमा म बसेको घर मेरो नाममा छैन। तेश्रो व्यक्तिको नाममा रहेको घरमा म बसिरहेको छु। मेरो कागजपत्रमा पुरुषको नाम नवीन वाइवा नै छ। साथी भएर मात्र मलाई केही हदसम्म सहज भइरहेको छ।
मुम्बई गएपछि मैले अन्तिमपटक भनेर 'ल्याक्मे फेसन शो' मा प्रयास गरेँ। भनिन्छ नि, झुसिलकीराले जीवन सकियो भनेको बेला त्यो सुन्दर पुतली बनेको हुन्छ। मेरो जीवनमा पनि त्यस्तै भयो। जे पनि हुनसक्छ भनेर प्रयास गरेको थिएँ, तेस्रोपटकमा छानिएँ।
त्यसपछि मेरो जीवनको अर्को अध्याय सुरू भयो।
मैले इतिहास बनाउँछु भन्ने सोचेको थिइनँ, तर नेपालका लागि पहिलो ट्रान्सजेन्डर मोडल भनेर मेरै नाम लेखियो। ल्याक्मेमा पनि मैले सुरू गर्दासम्म ट्रान्सजेन्डर मोडल कोही थिएन। म पहिलो हुँ।
म नजानेर पनि धेरैको आइडल, रोलमोडल हुन पुगेछु। दक्षिण एसियामा मेरो बाटो पहिल्याएर धेरै साथीहरूले मोडलिङ सुरू गरेको देखेको छु। धेरै जनासँग कुराकानी हुन्छ। खुसी लाग्छ। नेपालमा पनि धेरै साथीहरूलाई हौसला भएछ। यसले सन्तुष्टि हुन्छ। मैले राम्रो काम गरेछु जस्तो लागेको छ।
मान्छेले पहिले त आफ्नो क्षमता बुझ्नुपर्‍यो। नजिकका साथीहरू चिन्नुपर्‍यो। उनीहरूले भनेको मान्नु पनि पर्छ। मेरो हकमा साथीहरूले नभनेका भए, आफैंले नखोजेको भए मैले आफ्नो क्षमता पहिचान गर्दिन थिएँ होला।
त्यसपछि आफूले चाहेको काममा लगनशील भएर लाग्नुपर्छ। इमानदार हुनुपर्छ। हिम्मत गरेर निरन्तर लाग्यो भने सफलता टाढा छैन, यो मेरो अनुभव हो।
तीन वर्ष मात्र भयो, मैले अन्तर्राष्ट्रिय करिअर सुरू गरेको। यो तीन वर्षमा पछिल्लो सात वर्षमा नपाएको सफलता पाएको छु।
पहिलो सफलता त मलाई नेपाली भनेर चिनाउन पाउँदा असाध्यै खुसी लाग्छ। तीन वर्षमा तीनवटा अवार्ड पाएँ, जुन मेरो लागि एकदम अविश्मरणीय छ।
'जीक्यू' ले मलाई 'सोसल चेन्जर' भनेर स्टाइल अवार्ड दिएको छ। म ग्रासिया मिलेनियल अवार्डमा 'मोडल अफ द इयर' भएँ। यो अवार्ड पनि नेपालको कुनै मोडलले पाएको छैन। ट्रान्सजेन्डरले त झन् पाएकै छैन। भर्खरै मात्र 'भोग मोडल अफ द इयर अवार्ड' पाएँ।
मेरो निम्ति पनि कुनै अवार्ड बनेको होला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ। त्यसैले, यी अवार्डले मेरो जीवनमा ठूलो महत्व राख्छ।
यो अवार्ड अञ्जली लामाले मात्र पाएको होइन, एलजिबिटी समुदाय र नेपालले पाएको हो।
मैले आजसम्म कुनै पनि चिज जसरी पनि पाउनैपर्छ भनेर जिद्दी गरेको छैन। सपना देखेको छु, तर महत्वाकांक्षी बनेको छैन। सधैं सकारात्मक सोच राखेको छु, आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गरेको छु। आज म नेपालमा सुपर मोडलका रूपमा स्थापित भइसकेको छु, भारतमा पनि मेरो परिचय छ।
अब मलाई यतिले पुगेको छैन। म अब संसारकै सुपर मोडल बन्न चाहन्छु। यसको निम्ति अवसरहरू हेर्दैछु।
(लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको मन्तव्यमा आधारित)

Comments

Popular posts from this blog

कसले सार्वजनिक गर्‍यो पशुपतिको शिवलिंगको फोटो?

पशुपतिनाथ मन्दिरभित्रको मुख्य शिवलिंगको फोटो केही दिनअघि सामाजिक सञ्जालको एउटा ग्रुपमा भाइरल भयो। ‘पशुपति सन्त सम्मेलन’ नामको ह्वाट्सएप ग्रुपमा उक्त सार्वजनिक भएपछि विवाद सुरू भएको छ। साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ। आखिर कसले गर्‍यो त उक्त फोटो सार्वजनिक? पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका सदस्य अर्जुनप्रसाद बास्तोलालाई शिवलिंगको फोटो ह्वाट्सएपमा सेयर गरेको आरोप लागेको छ। यो घटनापछि बास्तोलाले पशुपतिनाथकै अनादर गरेको भन्दै सम्बद्ध क्षेत्रका अधिकारीहरू रूष्ट बनेका छन्। ‘साधारणतया पशुपतिनाथभित्र तस्बिर खिच्न नपाइने नियम छ, यो नियम पशुपतिनाथको गरिमाका लागि बनाइएको हो,’ पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘अरूलाई खिच्न नदिने ठाउँमा बसेको मान्छे आफैंले यस्तो फोटो सुरक्षित राख्नु नै राम्रो हुन्छ।’ पशुपतिनाथ विश्व सम्पदा सूचीमा सूचीकृत छ। परम्परादेखि नै यहाँ तस्बिर खिच्न मनाही गरिएको छ। ‘लामै समयदेखि नै यहाँ तस्बिर खिच्न मनाही छ। गुहेश्वरीमा पनि निषेध थियो। भूकम्पपछि कसैले रोक्न नसकेर खुला छ,’ टण्डनले भने, ‘खुला गरियो भने भयावह हुन्छ, यसले धार्मि

स्वरोजगार बन्न चाहनुहुन्छ? पालुङटार नगरपालिकाले दिन्छ विनाब्याज १० लाख रूपैयाँ

गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख युवालाई रोजगारी दिने यस्तै कार्यक्रम गत वर्ष ल्याएको थियो। त्यसका लागि तीन अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको थियो। यस्तै शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रूपैयाँसम्म ऋण दिने अर्को कार्यक्रम पनि सरकारले ल्याएको थियो। तर ऋण लिने प्रक्रिया झण्झटिलो भएपछि विद्यार्थीले ऋण लिएका छैनन्। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै कार्यक्रम लागू भएको थियो। पाँच लाख जना युवालाई स्वरोजगार बनाउने भनिएको त्यो कार्यक्रम स्वरोजगार बन्नेलाई भन्दा कार्यकर्तालाई पैसा दिएपछि असफल भयो। संघ सरकारले नाम फेरेर पटकपटक ल्याएका स्वरोजगार कार्यक्रम सफल नभएका बेला गोरखाको पालुङटार नगरपालिकाले फेरि यस्तै कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाएर कृषि उपजमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। त्यसका लागि गत शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू भइसकेको छ। ‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुन

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।