Skip to main content

Posts

कोरोना संक्रमितको संख्या ४ लाख ७१ हजार नाघ्यो, दुई हप्तामा चार गुना बढे

पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ। कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो। त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ। पछिल्लो समय भने कोरोना भाइरसको ‍ इपिसेन्टर अमेरिका भएको छ। त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्। अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्। पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा  स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय
Recent posts

२० करोड मान्छेको ज्यान लिने प्लेगको दुई हजार वर्षको इतिहास

सुरूमा जीउ कटकटी खायो। त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले। अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे। चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ। यो मानव इतिहासकै ठूला महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो। आज धेरैले प्लेगलाई मध्यकालीन इतिहासको कालो अध्यायका रूपमा लिन्छन्। यो त्यति बेलाको कुरा हो, जब डाक्टरहरूलाई भाइरस वा ब्याक्टेरियाबारे अत्तोपत्तो थिएन। आधुनिक चिकित्सा विज्ञानको निम्ति भने प्लेग कुनै गम्भीर विषय होइन। यसलाई धेरैले इतिहासको एउटा घटनाका रूपमा मात्र लिएका छन्। न प्लेग फैलिनुको कारणबारे बहस हुन्छ, न यो रोग कसरी फैलियो र कहाँबाट सुरू भयो भन्ने चर्चा गरिन्छ। जुन रोगले सयौं वर्ष मानव सभ्यताको नीब हल्लाउने गरी गहिरो प्रभाव पार्‍यो, त्यो रोगबारे अझै पनि हामीलाई धेरै कुरा थाहा छैन। दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संस

प्रचण्ड प्रतिवेदन लेख्नमा व्यस्त, रोकियो सचिवालय बैठक

शुक्रबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको छ। ‘अध्यक्षज्यू प्रतिवेदन लेखिरहनु भएकाले आज बैठक स्थगित भएको छ। अब भोलि बस्न सक्छ,’ प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा जुगलले भने।

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२/२२ लाख पाउने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।  सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।  गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। ‘एकभन्दा  बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा  गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’   गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।

सागका स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। फुटबलबाहेक अरु टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पनि ५ लाख रुपैयाँ प्रदान गरिनेछ।  प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलव्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गरिने भएको हो। प्रधानमन्त्री ओलीले खेलाडीलाई आज आफ्नै निवास बालुवाटारमा बोलाई सो प्रोत्साहन रकम उपलव्ध गराउने घोषणा गरेका हुन्। हिजो सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो।  अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।  खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ। यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ। 

‍'सामाजिक सञ्जालबाट बाहिरिने पैसा औपचारिक माध्यममा ल्याउँदैछौं'

पछिल्लो समय बैंकिङ क्षेत्रमा ठगीका घटना सार्वजनिक भइरहेका छन्। एटिएम ह्याकिङले पनि बैंकिङ प्रणालीको सुरक्षामाथि प्रश्न उठाएको छ। अर्कातिर मुलुकमा पुँजी अभाव भइरहँदा रेमिट्यान्सको प्रवाह घटेको छ। यहीबेला राष्ट्र बैंकको गभर्नरका लागि दौडधुप पनि चलिरहेको छ। राष्ट्र बैंका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी  पनि गभर्नरका दाबेदारका रूपमा देखिएका छन्। सिवाकोटीसँग  सेतोपाटी का  कमल नेपाल ले गरेको कुराकानीको सम्पादित अंश: ऋणको व्याज घट्ने गरी बैंकहरूमा लगानीयोग्य रकम कहिले सहज होला?   लगानीयोग्य रकम तत्काल सहजता हुने अवस्था छैन। द्वन्द्व अन्त्य भई मुलुक शान्तिपूर्ण संघीयतामा अघि बढेको छ। अर्कोतर्फ विद्युत वा उर्जाको समस्या पनि अन्त्य भएको छ। विदेश जानेको संख्या पनि घट्दै गएको छ। युवामा पनि मुलुकमै व्यवसाय गर्ने सोच बढेको छ। उद्योग व्यवसाय सञ्चालनका लागि राम्रो वातावरण बनेसँगै नयाँ उद्योग थपिएका छन्। पूराना उद्योग पनि क्षमता विस्तारमा लागेका छन्। उद्योग व्यवसाय सञ्चालनको पुँजी बैंक कर्जाबाटै जुटाउने हो। पछिल्ला वर्षमा हेर्दा बैंकहरूको ऋण प्रवाह निक्षेपको दरभन्दा बढेको छ। सानो अर्थतन्त्र

दुई वडा कार्यालयमा आगजनी

यहाँ दुई वडा कार्यालयमा  अज्ञात समूहले आगजनी गरेको छ। रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र  पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पौवादुङमा–३ च्याङ्ग्रेको  वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिएका छन्।  रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन्।  घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला  प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए।  घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ।